Online News Portal

नेकपा एमाले द्वारा बहुदरमाई नपामा ज्ञापनपत्र

195

वीरगञ्ज , ०९ चैत्र

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बहुदरमाई नगर कमिटी ले आज बहुदरमाई नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। नेकपा एमाले का नेता शिव पटेल को बिशेश उपस्तिथिती र नगर अध्यक्ष प्रमोद कुशवाहा ज्यु को नेतृत्वमा बहुवरि पीडरि अवस्थित नगरपालिका को कार्यालय पुगेको पार्टी समर्पित नेता कार्यकर्ताहरुको टोलिले नगरप्रमुख , उपप्रमुख को अनुपस्थितिमा कार्यालयका निमित्त कार्यकारी अधिकृत बिदुर प्रसाद उप्रेती लाई १९ सुत्रीय माग सहितको ज्ञापनपत्र बुझाएको हो। बहुदरमाई नगरपालिकामा जनप्रतिनिधि आए देखि आज सम्म नगरपालिकाले गरेको नगरस्तरिय, वडास्तरिय सप्पन्न संचालित योजना को बिश्तृत विवरण / चारबर्षमा नगरपालिका ले विभिन्न विषय तथा शिर्षकमा गरेको खर्चको विवरण माग गरिएको छ।

ज्ञापनपत्रमा माग गरिएको १३ सुत्रियमाग पूरा गर्न कर्यालय लाई सातदिनको समय दिइएको र सोको बिशत्रित बिबरण समय भित्र दिने कार्यकारी अधिकृत उप्रेती ले वादा गरेको बताउदै नेता शिव पटेल ले यसो नभए जनताले पाउनु पर्ने सूचना को अधिकार का लागि आफुहरु जुन सुकै कदम चाल्न बाध्य हुने बताउनु भयो। ज्ञापनपत्र दर्ता पश्चाच आयोजित सभा लाई नेकपा एमाले का नेता रामबाबु साह, पुरन पटेल, डा.सन्तोष कलवार, शिव पटेल लगायत का नेताले सम्बोधन गरेका थिए।

Leave A Reply

Your email address will not be published.