Online News Portal

अहमदिया मुस्लिम जमाअतले हिंसा, अन्याय र आतंकलाई समर्थन गर्दैन- अध्यक्ष अंसारी

281
पर्सा ।
अहमदीया मुस्लिम जमाअतले आफनो सातौ बार्षिक उत्सव पर्साको विन्दवासनी गाउँपालिकामा धुमधामका साथ सम्पन्न गरेको छ । विगत झै यसबर्ष पनि “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” को मूल नाराको साथ दुई दिने सातौं वार्षिक समारोह विन्दवासिनी गाउँपालिका वडा नं.५ प्रसौनी भाट्ठा स्थित रहेको श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गनमा सम्पन्न गरेको हो । अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अंसारीले यो समारोहको उदेश्य नै बर्षमा एकपल्ट विभिन्न धर्मसँग आवद्ध व्यक्तिहरुलाई एकआपसमा बसेर सृष्टाचार गर्नु थियो र आज एकआपसमा बसेर यो कार्यक्रम सफल बनाउँन सफल भएको बताउनु भयो ।
यो समारोह मानविय आचार संहिताको रक्षागर्ने, राष्ट्रीय एकता अखण्डता एवं धार्मिक सहिष्णुताको बारेमा चर्चा गरिन्छ र जमाअतको नारा “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” लाई समस्त संसारमा फैलाउनु प्रयास गरिएको उनले बताए । अहमदिया मुस्लिम जमाअत एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमाअत हो जसको राजनैतिक कुनै उद्देश्य छैन । उनले भने, ‘यो जमाअत विश्वको २१६ वटा देशहरूमा विर्सीएर अलमलमा परेको मानव जातिहरूलाई अल्लाह तआलाको उपासनाको साथै एक आपसमा प्रेम तथा एकतामा आबद्ध गर्ने कार्यक्रम संचालन गर्दै आएको छ । ’ जमाअतलाई वर्तमानमा पाँचौं (खलीफा) आध्यात्मिक उत्तराधिकारी नेतृत्व हजरत मिर्जा मसरूर अहमदले नेतृत्व प्रदान गरिरहनु भएको छ ।
अध्यक्ष अंसारीले भने, ‘धर्मको कुनै भेदभाव नगरिकन मानव जातिको सेवा गर्नु यस जमाअतको मूख्य कार्य हो’ जमाअत अहमदियाले संसारमा धर्मको नाममा केहि कट्टरवादीहरुले गरीरहेको उपद्रव तथा राजनितीको समर्थन गर्दैन । ‘ धर्मको अर्थ केवल अध्यात्मिकता तथा अल्लाह तआलाको प्रेम प्राप्त गर्नु हो । अहमदिया जमाअतले हिंसा, अन्याय र आतंकलाई समर्थन गर्दैन ।’ समारोहमा सहभागि बक्ताहरुले अहमदिया संघ नेपाल द्धारा विगत २७ बर्षदेखि मानव तथा समाज सेवामा पुर्याउँदै आएको योगदान बारे प्रशंसा व्यक्त गरेका थिए ।
कार्यक्रममा सांसद रौनियारले विश्वमा शान्तिको स्थापनाको लागि अहमदिया समुदायले पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी) ले पनि देशभरी मावनता कायम गर्न अहमदिया संघले थप प्रेरणा दायक कार्य गर्दै जान सुझाव दिए । उपाध्यक्ष किरण देवीले पनि संघले शान्ति स्थापनाको साथै गाउँपालिकामा विद्यालय नै स्थापना गरी समाजका बालबालिकाहरुको भविष्यको लागि पुर्याउँदै आएको योगदान अतुल्य रहेको बताए । कार्यक्रममा ब्रहमकुमारी राजयोग सेवा केन्द्रका गोविन्द भाई जीले अहमदिया संघको समारोहमा सबै जातजाति, धर्म र धर्मगुरुहरुको ठूलो सम्मान गरेर आफू अचम्म परेको बताए ।
उनले भने, समाजमा एक आपसको भाईचारा र सहानुभुति कायम गर्न यो समारोहले ठूलो योगदान पुर्याएको छ । अन्तराष्ट्रिय अहमदिया मुस्लिम जमाअतका प्रतिनिधि पी.एम.रशीदको अध्यक्षतामा आयोजित समारोहमा देशभरीका अहमदीया मुस्लिम जमाअतका पदाधिकारी, समाजसेवी प्रमोद तिवारी, गम्भिरा साह तेली, डा. हरीकृष्ण प्रसाद लगायत विभिन्न धार्मिक गुरु, बुद्धिजिवी र समाजसेवीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
Leave A Reply

Your email address will not be published.