Online News Portal

पुर्ब गाबीस अध्यक्ष राजदेव यादव नेकपा एमाले मा प्रवेश….

177
पर्सा, १५ चैत्र
बहुदरमाई नगरपालिका का उपप्रमुख गायत्रि देवि का श्रीमान बिश्रामपुर का पुर्ब गाबिस अध्यक्ष राजदेव प्रसाद यादव आज नेकपा एमाले मा प्रवेश गर्नु भएको छ। नेकपा एमाले बहुदरमाई नगर कमिटी ले बहुदरमाई नपा – २ पिपरा मा आयोजना गरेको वडा स्तरिय भेला र पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले का केन्द्रिय सदस्य पुर्ब सान्सद संविधान सभा सदस्य राजकुमार गुप्ता ले अबिर टीका लगाइ यादव लाई पार्टी भित्र प्रवेश गराउनु भएको हो। कार्यक्रम लाई सम्बोधन गर्दै संविधानसभा सदस्य गुप्ता ले नेकपा एमाले ले देश र जनता को पक्षमा गरेको कार्यको प्रभाव का कारण आज नेकपा एमाले मा देश भरी नै पार्टी प्रवेश को लहर चलेको चर्चा गर्दै नवप्रबेशीहरु लाई स्वागत गर्नु भयो।
बहुदरमाई नगरपालिका नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहा को अध्यक्षता मा आयोजित कार्यक्रममा नेकपा एमाले का नेता बहुदरमाई नगरपालिका का नगरप्रमुख का उमेदवार शिव पटेल, नव प्रबेशी राजदेव यादव , डा. सन्तोष साह , एमाले जिल्ला कमिटी सदस्य वडा अध्यक्ष केदार तिवारी , पार्टी का नेता कृष्ण यादव, पुरन प्रसाद कुर्मी,रामबाबू साह, अछेलाल साह, लगायत का नेता ले सम्बोधन गरेका थिए । साथै आजको भेलाले चन्द्रशेखर प्रसाद राव को अध्यक्षता ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ। नवगठित समिति का सम्पुर्ण पदाधीकारी एवम सदस्य लाई हार्दिक बधाई ।
Leave A Reply

Your email address will not be published.