Online News Portal

आफ्नो छोरालाई राजदूत नबनाएपछि सभामुख आक्रोशित, चीनसँग मिलेर गठबन्धन भत्काउन सक्रिय

218

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आफ्नो छोरालाई उत्तरी छिमेकी चीनको राजदूत नबनाएपछि रुष्ट बनेका छन् ।

सभामुखका छोरा रुपक सापकोटालाई सत्ता गठबन्धनले चीनको राजदूत नबनाएपछि अग्नि सापकोटाले चीनसँग मिलेर गठबन्धन नै भत्काउने खेल सुरु गरेका छन् ।

सापकोटाले आफ्ना छोरा रुपकलाई राजदूत बनाउन माधव नेपालका १४ सांसदको पद जोगाउनेदेखि माओवादी केन्द्रलाई आफ्नो पद दाउमा राखेर थुप्रै गुन लगाएका थिए । सत्ता गठबन्धनको हितका लागि उनले पदको मर्यादा नै नाघेका थिए ।

यति गर्दा पनि माओवादी केन्द्र र सत्ता गठबन्धनले छोरालाई राजदूत नबनाएपछि सापकोटा रुष्ट बनेको उनीनिकट स्रोतले जनाएको छ । अहिले उनी चीनसँगको सल्लाहमा सत्ता गठबन्धन भत्काउने र २०७४ जस्तै वाम एकतामा सक्रिय हुनेगरी अघि बढेका छन् ।

यसैक्रममा सभामुख सापकोटाले शुक्रबार आफ्ना चिनियाँ समकक्षी चिनियाँ जनकंग्रेस (संसद)का अध्यक्ष लि चाङ्सुसँग एक घण्टाभन्दा बढी समय सम्वाद गरेका छन् । त्यसैगरी चिनियाँ राजदूत होउ यान्छीसँग पनि निरन्तर छलफलमा छन् ।

दुबै जनासँग  सम्वादमा उनले सत्ता गठबन्धन सरकारले चिनियाँ कम्पनीबाट खोसेको बुढीगण्डकी जलविद्युत परियोजना, एमसीसी पारित र आफ्नो छोरालाई राजदूत नबनाएको विषयमा चर्चा गरिरहेका छन् ।

सत्ता गठबन्धनले चीनको अति नै अहित गरेको र बाइपास गरेको भन्दै बेइजिङको सल्लाहमा सभामुख सापकोटाले माधव नेपालसहिसत १४ जना सांसदको पद खारेज गरिदिने गरी अघि बढेको बुझिएको छ । यसका लागि उनले सूचना टाँस्नेदेखि अन्य विकल्पमा विभिन्न तह तप्कामा छलफल गरिरहेका छन् ।

माधव नेपालको पार्टी खारेज गरेर सत्ता गठबन्धन भत्काउने र पुन वाम एकताका लागि वातावरण बनाउने गरी चीनले सभामुख सापकोटालाई परिचालन गरेको छ । यति गरेमा छोरा रुपकलाई राजदूत बनाउने आश्वासन पनि दिएको छ ।

सत्ता गठबन्धन भत्किएमा अहिले सिफारिस माओवादीबाट विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाउने र सभामुखका छोरालाई पठाउन वातावरण बनाउने चीनको आश्वासन छ । आसन्न निर्वाचनमा सापकोटालाई जिताउन पनि सहयोग गर्ने पनि आश्वासन छ ।

नेपालमा एक पछि अर्को मुद्दा असफल हुँदै गएको चीनले सभामुखमार्फत नयाँ गेम चालेको छ ।

Leave A Reply

Your email address will not be published.