Online News Portal

कार्यदलले तयार गर्‍यो आयातमा कडाइ गर्ने वस्तुको सूची

264

आइतबार मन्त्रालयमा भएको आनौपचारिक कार्यदलको चौथो बैठकले नेपालले धेरै मात्रामा आयात गरिरहेको तर आयात नगरे पनि वा कम आयात भए पनि फरक नपर्ने वस्तुहरुको सूची तयार गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व र भन्सार विभागका अधिकारी सम्मिलित बैठकले यस्ता वस्तुको सूचीलाई अन्तिम रुप दिएको छलफलमा सहभागी एक अधिकारीले बताए । पाम, भटमास र सूर्यमुखी तेल, गाडी, मोबाइल, सुन, कस्मेटिक आइटम लगायतका वस्तुहरु यस्तो सूचीमा समावेश छ । साथै हाल एलसीमा गरिएको कडाइलाई निरन्तरता दिंदै थप प्रतिबन्धात्मक नियम लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।
‘आयातमा कडाइ गर्ने वस्तुको सूचीमा पाम तेलदेखि भटमास र सूर्यमुखी तेल पनि छन्,’ ती अधिकारीले भने, ‘उच्च आयातका कारण भुक्तानी सन्तुलन र बैंकिङ तरलतामा चाप परेको तर नेपालले कम तथा आयात नै नगरे पनि हुने वस्तुको सूची त्यसमा छन् ।’ कार्यदलले बनाएको सूची आइतबार नै प्रधानमन्त्री समक्ष पेश हुनेछ । सो सूचीमा अन्तिम निर्णय भने प्रधानमन्त्रीले गर्नेछन् ।
केही वस्तुको आयात प्रतिबन्ध गर्ने विषय छलफलमा उठे पनि निर्णय भने भएन । सवारी साधनको हकमा भन्सार महसुल वृद्धिदेखि खरिदमा डाउन पेमेन्टको सीमा वृद्धिसम्मका अतिरिक्त कडाइका प्रस्ताव पनि छन् ।
यस्तै केही वस्तुको हकमा आयात नरोक्ने तर निरुत्साहनका अन्य टुल्स प्रयोग गर्ने विधि पनि कार्यदलले

सुझाएको छ । जसमा प्राविधिक निगरानी र गुणस्तरको वैज्ञानिक प्रमाण थप गर्ने, काउन्टर भेलिङ तथा एन्टी डम्पि लगायतका कसिलो नियमहरु लागू गरिनेछ ।

अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकमा कामु गर्भनर निलम ढुंगाना, डेपुटी गर्भनर बमबहादुर मिश्र र विदेशी विनिमय विभाग प्रमुख डा. रामु पौडेलको टोली सहभागी थियो । यस्तै अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार, अर्थ र वाणिज्य सचिव, आन्तरिक राजश्व र भन्सार विभागका महानिर्देशक पनि बैठकमा सहभागी थिए ।

आयात निरुत्साहन र विदेशी मुद्रा सञ्चिति बढाउने सम्बन्धी अनौपचारिक कार्यदलको यसअघि पहिलो बैठक १६ चैतमा बसेको थियो । यस्तै, २२ चैतमा दोस्रो र २ वैशाखमा तेस्रो बैठक अर्थ मन्त्रालयमा बसेको थियो । अनलाइनखबर

Leave A Reply

Your email address will not be published.