Online News Portal

गृहमन्त्री र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता

179

काठमाडौँ। नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा मंगलबार मन्त्री खाँण र राजदूत सुकबीच भेट भएको हो ।

भेटमा दुई पक्षीय सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

त्यसक्रममा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार क्षेत्रको दक्षिण कोरियाले गरेको योगदानका लागि धन्यवाद दिएका छन् ।

साथै, नेपाली नागरिकलाई कोरियामा रोजगार दिएकोमा कोरियाली सरकार, जनता र त्यहाँका उद्योगीहरूलाई उनले राजदूतमार्फत् धन्यवाद पनि दिएका छन् ।

Leave A Reply

Your email address will not be published.