Online News Portal

वडा नं. ९ का वडा अध्यक्ष डा. अख्तर आलम अंसारीको २७ वटै वडामा सबैभन्दा नमूना एवं उत्कृष्ट कार्य

390

बारा, ०९ बैशाख

कलैया उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष डा. अख्तर आलम अंसारी उत्कृष्ट वडा अध्यक्षको रुपमा सम्मानित भएका छन् ।

२७ वटै वडामा सबैभन्दा नमूना एवं उत्कृष्ट कार्य गरे वापत कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, नगर उपप्रमुख रहिमा खातुन र प्रमुख प्रशासकीय अधिकृत नाथु साहको हस्ताक्षर सहितको प्रशंसा पत्र द्वारा डा.अख्तर सम्मानित भएका छन् ।

विगत साढे चार वर्ष देखि जनताको सेवामा निरन्तर खटी समयमा कार्यहरु पुरा गरी लोकप्रिय बन्न सफल भएका डा.अख्तर सामुदायिक भवन निर्माणका लागि साविक रामपुर खे. को किता नं. १४०२ र १४०४ को जग्गा खरिद गरी दान गर्नुका साथै आफ्नो निजी लगानीमा अनेकौ बाटोहरु बनाउन समेतका अन्य कार्यहरु गरेका छन् । नेकपा एमालेको तर्फबाट पुन: वडा अध्यक्ष पदको उम्मेदवारको रुपमा देखिएका छन् ।

Leave A Reply

Your email address will not be published.