Online News Portal

शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ फ्लिनबीच जंगी अड्डामा नै भेटवार्ता

166

काठमाडौं – अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए। फ्लिन जंगी अड्डा पुगेका छन् । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ फ्लिनबीच जंगी अड्डामा नै भेटवार्ता भएको हो ।

उनीहरुबीचको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको जनाइएको छ । सोही क्रममा फ्लिनले जंगी अड्डाको भ्रमण पनि गरेका छन् ।

फ्लिनले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् । फ्लिन प्रधानमन्त्री देउवालाई भेट गर्न सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीचको भेटवार्तामा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

फ्लिन शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट र आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.