Online News Portal

नागरिकता विधेयकको विरोधमा हेटौंडामा जलाइयो प्रचण्ड–देउवाको पुत्ला

269

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले मकवानपुरको हेटौँडा मा विवादित नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेका छन ।

उक्त प्रदर्शनका क्रममा राप्रपा का कार्यकर्ताहरूले नागरिकता विधेयक पास गराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका छन्।

चर्को नाराबाजी गर्दै सडकमा उत्रिएका राप्रपाका कार्यकर्ताले हेटौँडामा मसाल जुलुस पनि निकालेका थिए । त्यसक्रममा उनीहरुले देउवा र दाहाल को तस्बिर र पुत्ला जलाएका हुन्।

राप्रपा मकवानपुरले नागरिकता विधेयकसँगै देशमा बढेको महँगी नियन्त्रण गर्न नसकेको,भ्रष्टाचार झन् झन् बढेको भन्दै अन्य नागरिक सरोकारका विषयलाई पनि लिएर प्रदर्शन गरेको हो।
राप्रपाले पछिल्लो समय देशका विभिन्न भागमा प्रदर्शन गरिरहेको छ। नागरिकता विधेयकको विरोधमा कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि सडक तताइरहेको छ।

Leave A Reply

Your email address will not be published.