यो हतियारको सहयोगमा ताइवानले आफूलाई चीनबाट जोगायो
कल्पना गर्नुहोस्, तपाईं यस्तो स्थानमा बस्न बाध्य हुनुहुन्छ, जहाँ दिनरात, बिहानबेलुका गीत सुन्नुपर्छ । तपाईं फूल भोल्युममा गीत सन्न बाध्य हुनुहुन्छ । यो कस्तो अनुभव होला ? अब सोच्चुनहोस्, दशकौँसम्म त्यस यातनालाई सहन कस्तो भयो होला ? सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ, तर, चीनविरुद्ध ताइवानले यस प्रयोगलाई रणनीतिका रुपमा अपनाएको थियो ।
ताइवानको सरकारले कम्युनिस्ट चीनविरुद्ध, क्यूमोय द्वीपबाट भएको प्रोपेगान्डा–वारमा यस एक रणनीतिलाई अपनाएको छ । यसलाई किनमेनको नामबाट चिनिन्छ । हरेक दिन २४ घण्टा करिब दुई दशकभन्दा धेरै समयसम्म यसै रणनिितअनुसार मनोवैज्ञानिक युद्ध जारी रह्यो । एक दश मिटर अग्लो लाउडस्पीकरलाई चीनको मुख्य भूमितर्फ फर्काएर राखिएको थियो । जसमा हरेक समय ताइवानी भाषाका गीत बज्थे वा चिनियाँ सैनिकलाई आत्मसमर्पण गर्न भनिन्थ्यो । यसमा ४८ ठूला लाउडस्पीकर लगाइएका थिए ।
यी लाउडस्पीकरको आवाज २५ किलोमिटरसम्म सुनिन्थ्यो । यो एक प्रकारको मनोवैज्ञानिक यद्ध थियो, जसले तटका दुवैतर्फका मानिसहरूलाई समाप्त गरिदियो । यो मनोवैज्ञानिक युद्ध त्यतिबेला समाप्त भयो जब अमेरिकाले १९७९ मा चीनलाई मान्यता दियो । र यो क्षेत्रमा शक्तिसन्तुलनज परिवर्तन भयो ।
कैयौ साना साना द्वीपसमूहबाट बनेको यो द्वीप, चीनको तटबाट १० किलोमिटरभन्दा पनि कम दूरीमा छ । याये द्वीप ताइवानको संप्रभुता अन्तर्गत आउँछ । सन् १९४९ मा माओत्से तुंगले चियांग काईशेकका नेसनलिस्ट सैनिकलाई निष्कासित गरेयता यो यो द्वीप ताइवानको अधिनमा छ । सोही वर्ष यस द्वीपको तटमा एक निकै रक्तपातयुक्त युद्ध भयो । जसमा कुओमिंतांग कम्युनिस्ट सैनिकलाई ताइवानमा कब्जा गर्नबाट रोक्न सफल भयो । त्यो बेला जुन भौगोलिक स्थिति कायम भएको थियो, अहिले पनि त्यहि कायम छ । तर ताइवान द्वीप समूहमा १९५४ र १९५८ मा युद्ध हुँदा पनि यो द्वीप नयाँ संघर्षको साक्षी बनेको थियो ।
यो दोस्रो संघर्षपछि चीन र ताइवानले एक दिन बिराएर एकअर्कामाथि बमबारी गरेका थिए । यो दोहोरो लडाईँमा आगोका गोला वर्षे पनि, सैन्य उपकरणलाई निशाना बनाए पनि सैनिक मारिए पनि धेरैजसो बमहरूमा प्रोपेगान्डा–लीफलेट्स हुन्थे । यसमा केही रुची लाग्दा तस्वीर र सन्देश हुन्थे । केही समय मुस्कुराइरहेका चियांग काईशेकका तस्वीर हुन्थे भने केहीपटक भागिरहेका चिनियाँ सैनिक हुन्थे । र केहीमा ताइवानी युवाले बिहे गरेका तस्वीर हुन्थे । यस प्रोपोगान्डा युद्धको निकै प्रचार गरियो । कैयौ पटक बियरका बोतलहरू पानीमा बगाइयो, जो बग्दै मुख्यभूमिसम्म पुग्थे । रेडियोको माध्यमबाट पनि प्रोपोगन्डा फैलाउने पूरा प्रयास गरियो ।
सन् १९६७ मा ताइवानले उत्पादन गरेको नयाँ टूल अपरेसनमा आयो । यो ताइवानको हालसम्मकै प्रयोगमा ल्याइएको सबैभन्दा मिठो र प्रिय हतियार थियो । लाइट–सन्ग्स गाउने स्टार टेरेसा टेंगको आवाज । उनलाई ‘ख इटर्नल क्वीन अफ एसियन पप’ का नामले चिनिन्थ्यो । उनी ताइवान द्वीपको दुवैतर्फ लोकप्रिय थिइन् ।
यतिमात्र नभएर कम्यसनिस्ट नेता डेंग जिआओपिङकी सबैभन्दा मनपर्ने कलाकार पनि थिइन् । बेशानको ब्रोडकास्ट वाकबाट यदि कुनै संगीत बझ्थ्यो भने त्यसमा उनकै आवाज हुन्थ्यो । सन् १९९० को दशकमा चीनलाई सन्देश दिन र संगीत प्रचार जारी राख्न क्यूमोय द्वीपसमूहमा अरु चार रिले स्टेशन बनाइयो । बिबिसी