कलैया (बारा), ७ भदौ । अरुण कुशवाहा।
कलैया उपमहानगरपालिका ( २३ भतौडा स्थित सार्वजनिक पोखरा गोप्य रुपमा न्यून रकममा ठेक्का लगाइएको छ । करिब २ विगहा क्षेत्रफलमा रहेको उक्त पोखरा गत ७ वर्ष अगाडि २१ लखमा ठेक्का लगाइएकोमा यस वर्ष करिब ४५ प्रतिशत कम १२ लाख १५ हजार रुपैयामा ठेक्का लगाइएको हो । नगरपालिकाको कर्मचारी तथा ठेकेदारको मिलोमतोमा उक्त पोखरा ५ वर्षको लागि न्यून रकममा ठेक्का लगाइएको हो ।
विगत लामो समयदेखि पोखरा ठेक्का नलगाइएकोमा यस वर्ष नव निर्वाचित जनप्रतिनिधिहरुको पहलमा न्यून मूल्यमा ठेक्का लगाइएको स्थानीयहरुको भनाई छ । स्थानीयहरुको अनुसार यो पोखरा ठेक्का पट्टा लगाउँदा कुनै किसिमको जानकारी नदिई ठेकेदारसँगको मिलोमतामो न्यून मूल्यमा ठेक्का लगाइएको आरोप लगाए । यति न्यून मूल्यमा ठेक्का लगाइएकोले नगरपालिकाका जनप्रतिनिधि र ठेकेदारबीच मिलोमतो रहेको बताइएको छ ।
विगत ७ वर्ष पहिला २१ लाखमा ठेक्का लगाइएकोमा यस वर्ष झन बढि मूल्यमा ठेक्का लगाउनुपर्नेमा नगरपालिकाका जनप्रतिनिधिले आफ्नो निहित स्वार्थको लागि न्यून रकममा ठेक्का लगाएको स्थानीयहरुको गुनासो छ । यो पोखरा स्थानीयहरुको संरक्षणमा रहेकोले न्यून रकममा ठेक्का नै दिनुपर्ने भए स्थानीयहरुले नै ठेक्का लिन्थे तर यसको टेण्डर आह्वान लगायत कुनै किसिमको जानकारी स्थानीयलाई नभई गोप्य रुपमा नै ठेक्का लगाइएको उनीहरुको आरोप छ ।
पोखरा ठेक्का लगाइएको कसैलाई जानकारी नै हुँदैन, एकैपटक ठेकेदार माछा मार्न आएपछि मात्रै स्थानीयहरुलाई उक्त पोखरी ठेक्कामा लागि सकेको जानकारी हुने गरेको बताइएको छ । विगत २ वर्ष अघिदेखि ठेक्का रद्द भएपछि ठेक्का लाग्न नसकेको पोखरालाई यस वर्ष जनप्रतिनिधि र ठेकेदारको मिलोमतामो एकदमै न्यून रकममा ठेक्का लगाइएको हो । पोखरा ठेक्काको लागि नगरपालिकाकाले कुन दिन, कुन पत्रपत्रिकामा सूचना प्रकाशन गर्यो कसैलाई थाहै भएन्, तर एकैपटक पोखरा ठेक्का भइसकेको हल्लाभएपछि स्थानीयले जानकारी पाएको बताइएको हो ।
यस पोखराको सौन्दर्यीकरणको लागि डि.पि.आर. पनि तयार गरिएको छ । चारैतर्फबाट पर्खाल लगाउन, सडक निकाश गर्न लगायतका पूर्वाधार विकासका योजनाहरु बनाइएको छ तर निर्माण कार्य भने शुरु गर्न सकिएको छैन । कलैया उप(महानगरपालिकाले सो पोखरीलाई सौन्दर्यीकरण गरि विकास गर्नुपर्नेतर्फ ध्यान नदिई आफ्नो निहित स्वार्थ पुरा गर्नका लागि जति सके न्यून रकममा ठेक्का लगाएको बताइएको हो । नगरपालिकाले उक्त पोखरालाई संरक्षण गरि व्यवस्थित तरिकाले ठेक्का लगाए २५ लाख भन्दा बढि रकममा ठेक्का लाग्नुपर्ने पोखरालाई १२ लाख १५ हजारमा ठेक्का लगाइएको छ ।