Online News Portal

दृढ संकलप का सतिसाल हुन शनि गुप्ता

466

सिम्रौनगढ मा मालपोत र नापी शाखा को लागी २०७२ मै निर्णय भैइसक्दा पनि अहिले सम्म सन्चालनमा आएको थिएन । पछिल्लो कार्यकाल नेपाली कांग्रेसको नेतृत्व को सरकारले सिम्रौनगढमा मालपोत र नापी कार्यलय को जिम्मेवारी न लिएकै कारण सिम्रौनगढमा आएको समान फिर्ता कलैया गयो । किन भने बिकास प्रेमी नेता पुर्ब मन्त्री प्रभु साह द्वारा पहल गरिएको थियो । यस पाली सिम्रौनगढको विरुद्ध कलैयाको व्यवसायी र नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएसनले धारणा र विरोध लगभग एक हप्ता सम्म माइकिङ र नाराबाजी गरि रह्दा पनि सिम्रौनगढ को जनप्रतिनिधि र आफू नेता हु भन्नेहरु चुइ पनि बोलेन । त्यही समाजसेबि र नेकपा एमाले का भु.पु जिल्ला कमिटी सदस्य युवा नेता शनि गुप्ता २०७९-३-२७ देखी सिम्रौनगढ को बजारहरु र विभिन्न ठाँउ ठाँउमा एकलै माइक लिएर जनचेतना फैलाउनु सुरु गरे पछी आम जनता जुटदै गए ।

शनि गुप्ता को नेतृत्व मा २०७९-४-०१ मा सिम्रौनगढ नगरपालिकामा ज्ञापनपत्र बुझाए (दर्ता न: १०) । २०७९-४-२ गते जिल्ला प्रशासन कार्यालय बारा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल लाई ज्ञापनपत्र बुझाए (दर्ता न:८०) र यथासिघ्र नापी र मालपोत सुरु नभए आन्दोलन गरे कुरा राखेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल म सकारात्मक छु र यसको लागि म संग हुने सबै सहयोग गर्छु भन्ने कुरा राख्नु भएको थियो । संघर्श यहि रुकेन । पार्टी को शीर्ष नेताहरु संग सल्लाह सुझाव लिदै आफू संग गाडी भाडा न भएता पनि भैंसी बोक्ने गाडीमा बसेर काठमाडौं पुगे । काठमाडौं पुगेर आफ्नो समर्थक र सिम्रौनगढ को भलो सोच्ने युवा हरु लाई भेटर एउटा समुह खाडा गरे र अभियान लाई अगाडि बढाए । २०७९-साउन-४ सिम्रौनगढमा नापी तथा मालपोत कार्यलय यथासिघ्र संचालन गराउनको लागि भुमी ब्यवस्था सह्कारी तथा गरिबी निवारण मन्त्रालयमा ज्ञापन पत्र बुझाए र सचिवालय संग बसेर निकैबेर छलफल गर्नु भयो ।

सबै ब्यवस्था बिभागले गर्छ थाहा पाए पछी गुप्ता बिभाग धाए तर बिभाग प्रमुख काम बेयस्ता ले २/३ दिन भेट भएन चौथो दिन बिभाग प्रमुख पिताम्बर जि लाई भेटेर गम्भीर ध्यानाकर्षण गराए । बिभाग प्रमुख सकारात्मक कुरा गर्नु भयो र तपाई ढुक हुनुस सके सम्म चाडै काम अगाडी भढाउने छौ गुप्ता लाई आश्वासन दिए। गुप्ता काठमाडौं बाट घर फर्के लगत्तै सिम्रौनगढ नगरपालिकाको मेयर संग कुरा गर्दा आफू सकारात्मक र यो विषयमा सहयोग गर्ने र पहल गर्ने कुरा राख्नु भएको थियो । गुप्ता नेपाल युवा परिषद द्वारा आयोजित युवा समेलनमा सहभागी हुन २०७९ साउन २७ गते पुन्ह काठमाडौं गए र सिम्रौनगढ मा मालपोत र नापी को लागि विभिन्न ब्यक्तिहरु संग सहयोगको लागि अपिल गरे । यता २०७९ भदौ ६ गते को दिन सिम्रौनगढ नगरपालिकाबाट गाडीहरू कार्यलयको समाग्री लिन कलैया नापी कार्यलय पुगे ।

त्याँहाको केही व्यापारी र ज.स.पा नेता कलैया ४ बाट निर्वाचित वार्ड अध्यक्ष द्वारा गाडी घेराबन्दी गर्यो । त्यो दिन गाडी रित्तै सिम्रौनगढ फर्के । यो दृश्य समाजिक संजालमा देखे पछि गुप्ता त्यसकै भोलि पल्ट घर आए । त्यही दिन मालपोत र नापीको हाकिमहरु संग बसेर छ्ल्फल गरे । गुप्ता आफ्नो राजनितिक सुझबुझ र दृढ संकलप का साथ २०७९ भदौ ९ गतेको दिन राती आफ्नै नेतृत्व र सिम्रौनगढ नगरपालिका सहकार्य, जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा राती ८ बजे गाडीहरू लिएर कलैया पुगे । त्याँहाको आवस्था समान्य नभएको कारण करिब ११:०० बजे समान तेस्रो ताला बाट तल वोसार्दा स्थानिय ब्यपारीहरु ले २०/२५ जना बिरोध गरेता पनि गुप्ता न डराई थप प्रशासन बोलाइ लास टेकेर किन न होस आज जसरी पनि समान लिएर नै जान्छु । अन्ततः रातीको ३:०० बजे सम्म लगभग सबै सम्मानहरु सिम्रौनगढ आइपुगे ।

गुप्ता भन्नू हुन्छ त्यो राती जीउ थाके गलि सकेको थियो र आँखा निन्द्रा ले माती सकेको थियो । २०७९ भदौ ११ गते को छ्लफल बाट यहि १५ गते मालपोत र नापी समुदघाटन हुने भएको छ । गुप्ता भनुहुन्छ म खराब समय र खराब परस्थिती बाट कहिलै हतोत्साहित भएन । म आमा को कोखमा हुँदा मेरो आमा धेरै संघर्श गरेर मलाई पाल्नु भएको छ । म आफ्नो आमा संग वाहा को संघर्शको कथा धेरै सुनेको छु । म अहिले सम्म संघर्श गर्न कतै कन्जुस्याइँ गरेन र गर्दैन । म लाई थाहा छ संघर्शको पथ धेरै दुख्दाइ हुन्छ र कथा ठुलो हुन्छ तर जति ठुलो संघर्श हुन्छ त्यती नै ठुलो जित हुन्छ । म कर्म मा बिशवास गर्ने ब्यक्ति हु ।

Leave A Reply

Your email address will not be published.