अध्यक्ष तिवारीद्वारा गाउँपालिका कार्यालयको अनुगमन ।
कृष्णा कुशवाहा
पर्सा, १९ भाद्र
बिन्दबासिनी गाउँ पालिकाका अध्यक्ष प्रमोद तिवारीले वडा नम्बर २ को बहुवर्वा भट्ठा स्थित रहेको गाउँ कार्यपालिका कार्यालयको आज अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा गाउँपालिका बाट हुने कामकाजको अवस्थामा सुधार ल्याउनका लागि पालिकाको सम्पूर्ण कर्मचारीको महत्त्वपूर्ण भुमिका रहने भएकोले सबैले इमानदार भएर जिम्मेवारी पूरा गर्नु पर्ने बताउनु भयो । गाउँपालिकाको बिकासको मुख्य मेरुदण्ड रहेको पालिकामा सुधार हुनु पर्ने बताउँदै सबै कर्मचारीलाई समय मै उपस्थिति भइ आआफ्नो काममा लाग्न आग्रह गर्नुभयो । भोलि देखि सबै कर्मचारीलाई समयमा आउने तथा समयमा नआउने कर्मचारीको हाजिरी काटिने उहाँले बताउनु भयो ।
आज सबै कर्मचारीलाई गाउँपालिका कार्यालयमा भेला गरी भोलि देखि समयमा आउने तथा नआएका कर्मचारीको हाजिरी १०: १५ बजेमा हाजिरी काटिदिने उहाँले बताउनु भयो । क्षेत्रको चौतर्फी बिकासका लागि विभिन्न कार्यक्रम संचालन गरेकोले समयमा कार्यालय आई सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो । यदि कुनै कर्मचारीलाई पालिकाको कामले ढिलो भएमा वा पालिका आउन नसकेमा पालिकाका प्रमुख अधिकृत अथवा लेखा प्रमुखलाई जानकारी गराई दिनु हुन बताउनु भयो । साथै पालिकाको काम काजले पालिकाको गाउँमा जानु परेमा गाउँपालिकाको लगबुकमा लेखी जान बताउनु भयो ।