Online News Portal

वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सिमाना मुलुकको हितमा नभएको बताए

202

वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए ।

०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको सदरमुकाम गुलरियामा आएका उनले ‘म प्रधानमन्त्री भएँ भने भारतीय प्रधानमन्त्रीसँग मेरो पहिलो प्रस्ताव नेपाल–भारत सीमामा पर्खाल लगाउने हुने छ,’ उनले भने, ‘प्रधानमन्त्री हुन्छु वा हुदिनँ तर मेरो प्रस्ताव सीमामा पर्खाल र भिसा लागू गर्नुपर्छ ।’ पर्खाल लगाउँदा आधा–आधा खर्च नेपाल र भारतको हुनुपर्ने गौतमले बताए । जहिले मन लाग्यो आउने र जाने अनि झगडाको बीउ रोप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिए ।
उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू कहीँबाट पनि नलड्ने बताएका छन् । चुनावमा आफू कहिल्यै पनि बर्दियाबाट नउठ्ने उनको भनाइ छ । म राष्ट्रिय सभा सदस्य छु । मलाई चुनाव लड्ने आवश्यकता छैन,’ गौतमले भने, ‘म बाजुन्जेल राजनीति गर्छु ।’

०६३ सालको नागरिकता विधेयक घातक भएको र अहिले ल्याइएको विधेयक राष्ट्रघाती नभए पनि त्रुटिपूर्ण भएको उनले बताए । ‘विदेशबाट आएकाले त्यही देशको नागरिकता त्याग गरेको प्रमाणपत्रको आधारमा अंगीकृत नागरिकता दिनुपर्छ । तर‚ अंगीकृत नागरिकलाई सांसद, मन्त्रीलगायत कुनै पनि राजनीतिक अधिकार दिन हुन्न ।’

Leave A Reply

Your email address will not be published.