ओलीले धोका दिएपछि एमाले फुटाउँदै प्रभु साह, ५१ सदस्यीय केन्द्रीय कमिटी तयार
काठमाडौं । पुरानै नेकपालाई ब्युँताउने योजनामा पूर्वमन्त्री प्रभु साहलागेपछि एमाले अध्यक्ष केपी ओली समस्यामा पर्ने भएका छन् ।
रौतहटका पूर्वमाओवादी सांसद प्रभु साह अब एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ ।
साहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाडेर ओलीलाई साथ दिएका थिए। तर, ओलीबाट धोका पाएपछि उनी एमाले फुटाउने रणनीतिमा पुगेको वताइएको छ।
नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्रका धेरै नेता र पूर्व माओवादीका नेताले पनि साथ दिने आश्वसन दिएका छन्। साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश वताइएको छ ।
रौतहटका पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए । आइटी आर्मीको ब्यानरमा प्रदेश २ मा विभिन्न कार्यक्रमहरु गरेका उनले यसमार्फत सातै प्रदेशमा नेटवर्क बनिसकेको दाबी गरेका छन्। प्रभु साहको योजना सफल भएमा नेकपा एमाले पुनः फुटेर संगठनभित्र ठुलो पहिरो जाने देखिन्छ।– अनलाइन नेपालबाट