Online News Portal

पर्सा क्षेत्र नं. १ (क) मा चुनावी चहलपहल राजनीतिक दल मतदाताको घरदैलोमा

92

वीरगञ्ज, ३ कार्तिक ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बन्नुभएको हो ।

पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार रहबर अन्सारी दैनिकी चुनावी व्यस्ततामा बित्ने गरेको छ ।

मधेश प्रदेशको प्रदेश सभा सदस्य पदमामा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका अन्सारीले आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरीरहेका छन् । नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी यसपटक ५ दलीय गठबन्धनको साथ पाएर जित आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुरका मतदातासँग भेटघाट गरेका छन् । त्याहाँका मतदातासँग शिक्षित एवम् सक्षम युवा उम्मेदवार भएको कारण आफुलाई मत दिएर जिताउन पनि उनले आग्रह गरेका छन् ।

घरदैलोमा उनीसँगै बिरेन्द्र मण्डल, नाजिर अन्सारी, कमरुदिन अन्सारी, लालबाबु शेख, जाबेद देवान लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.