Online News Portal

प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेश साह कानु घरदैलो कार्यक्रममा व्यस्त

110

वीरगंज, ०९ कार्तिक

पर्सा निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रतिनिधि सभा सदस्य नरेश साह कानु युवा नेता को साथ साथै एक योग्य शिक्षित व्यक्ति हुन । कानुले मंसिर ४ गते हुने चुनावमा भाग लिनका लागि मतदाताहरुको घरदैलोमा पुगी महाअभियानमा भाग लिन मतदाताहरु सँग आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका चुनाव चिन्ह हलो छापमा मतदान गरी देशके विकास र समृद्धिका लागि अगि नेता कानुले आग्रह गरेका छन् ।

हामीले पटकपटक विभिन्न नेतृत्वलाई सत्ता पावर शक्ति र विरासतमा पुर्यायौ तर  देशमा न बिकाश भयो न सम्मृद्धि छायो देश दिनानुदिन भडखालोमा हालेर चरम भ्रष्टाचार गरेर देशलाई लिलामीमा चढाएर  बिदेशी अनकुल देशमा शासन सत्ता चलाएका छन।

अब देशको परिवर्तन र बिकाश  राष्ट्रिय प्रजातन्त्र पार्टी बाट    नै संभव छ। देशको एकमात्र राष्ट्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ दिएर आगामी मंगसीर ४ गते हुन गइरहेको संघीय साँसद प्रदेश सभासदमा उठेका उमेदवारलाई हलो चिन्हमा मतदान गरेर बिजयी बनाउन घरदैलो कार्यक्रम  सबैमा अपिल नेता कानुले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.