Online News Portal

लोकप्रिय बन्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजय कुमार चौरसिया र श्याम पटेल

251

वीरगञ्ज, १० कार्तिक

पर्साको निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया र प्रदेश सभा सदस्य ( क) पदका उम्मेदवार श्याम पटेल चाँडपर्बमा पनि चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । असोज २३ गते मनोनयन दर्ता गरेको दिन देखि नै चुनावी प्रचार प्रसारमा लागे सत्ता गठबन्धनका पनि उम्मेदवार रहेका प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य पदका ( क) उम्मेदवार श्याम पटेल चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गर्दै मतदातासंगको भेटघाटलाई तिब्रता दिएका हुन् । पर्सागढी नगरपालिकामा वडा नं ६ चैनपुरमा चुनावी घरदैलो गरेका प्रतिनिधि सभा सदस्य चौरसिया र प्रदेश प्रदेश सभा सदस्य पटेल चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेका छन् ।

त्यसक्रममा मतदाताहरुले पनि यसपालि आफुहरुले दल र उम्मेदवारको अनुहार नहरेी काम गर्ने र जनताको दुखसुखमा साथ दिने उम्मेदवारलाई मत हाल्ने बताए । अहिले पर्सा २ मा चुनाव लडेका सबै उम्मेदवार मध्ये चौरसिया र पटेल नै सबै भन्दा योग्य र सक्षमका साथै विगतका काम हेर्दा विकास प्रेमी नेता भएकाले यसपालि चौरसिया र पटेललाई नै मतदान गर्ने मतदाताहरुको भनाइ रहेको छ।

घरदैलो कार्यक्रममा पर्सागढी नगरपालिकाका पुर्व मेयर लोकनारायण यादव, वडा नं ६ का पुर्व वडा अध्यक्ष एवं पार्टी का सभापति किशोरी यादव, वडा नं ७ का वडा सभापति शम्भु पटेल, अर्जुन गिरी, अर्जुन साह , काशी यादव,घन्नजय साह तेली,नगिना पटेल, महन्थ यादव, बिनोद यादव लगायत बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता हरुको उलेख्निय सहभागिता रहेको आकाश कुमार साह तेलीले जनकारी दिए।

Leave A Reply

Your email address will not be published.