Online News Portal

इस्लामावादको राजनीतिक वातावरण संकटमा

131

एजेन्सी =  संसद्ले अविश्वास प्रस्तावमार्फत् तत्कालीन प्रधानमन्त्री इमरान खानलाई गत अप्रिलमा सत्ताच्युत गरेयता इस्लामावादको राजनीतिक वातावरण धेरै नै प्रभावित बनेको छ । खानले अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको निरन्तर आरोप लगाउँदै आएका छन् । खानले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले गत शुक्रबार विदेशी अतिथिहरूले दिएको उपहार बेचेको विषयलाई नखुलाई ‘भ्रष्टाचारजन्य अभ्यास’ गरेको भन्दै खानलाई अयोग्य घोषणा गरेको छ । त्यसको दुई दिनपछि पाकिस्तानका एक प्रतिष्ठित पत्रकार अरसद सरिफको केन्याको नैरोबीमा हत्या भयो । यो दुवै घटनाले पाकिस्तानको राजनीतिलाई ध्रुवीकरण मात्रै गरेको छैन, तत्कालीन राजनीतिक परिस्थितिलाई अनिश्चयतर्फ धकेलेको छ ।

खानले पछिल्लो निर्णय आफूलाई राजनीतिबाट पाखा लगाउन गरिएको भन्दै त्यसलाई खारेज गरेका छन् भने राजनीतिक जिम्मेवारी लिन आयोग्य रहेको भन्दै गरिएको निर्णयमा अन्यौल देखिएको छ । इस्लमावाद उच्च अदालतका न्यायाधीशले खानमाथि गरेको फैसला संसद्को वर्तमान कार्यकालभर मात्रै लागू हुने बताएका छन् । संसद्को कार्यकाल आगामी वर्षायाममा सकिँदै छ । फैसलाको पूर्णपाठ अहिलेसम्म नआएकाले त्यसको स्पष्ट जवाफ आएको छैन । तर यो अयोग्यतासम्बन्धी निर्णय अर्को वर्ष पनि कायम रह्यो भने खानले चुनाव लड्न पाउने छैनन् ।

यो उथलपुथलको पृष्ठभूमिमा पत्रकार सरिफको हत्याले पूरै देशलाई स्तब्ध बनाएको छ । पाकिस्तानको शीर्षस्थानमा रहेका धेरै पाकिस्तानी पत्रकारजस्तै सरिफको पनि राजनीतिक झुकाव थियो । उनको इमरान खानसँग निकट सम्बन्ध थियो । खानलाई अपदस्थ नगरुन्जेलसम्म उनी पाकिस्तानी सेनाका समर्थक थिए । सामाजिक सञ्जालमा पाकिस्तानी सेनालाई आलोचना गरेको कारण गत अगस्टमा उनलाई ‘एरी न्युज’ बाट बर्खास्त गरिएको थियो । राज्यद्रोहको आरोपमा पक्राउ पुर्जी जारी गरिएपछि सरिफ देश छाडेर भागेका थिए ।

सामाजिक सञ्जाल, अन्तर्वार्ता र व्यक्तिगत कुराकानीमा धेरै पाकिस्तानी सरिफको हत्या पाकिस्तानी सैनिक संस्थापनद्वारा रचित कार्य भएको भन्दै शंका गर्छन् । विगतमा पनि पत्रकारहरूको हत्या गर्नका लागि दिएको आदेशलाई प्रमाणको रुपमा प्रस्तुत गर्छन् । यो परिस्थितिमा सरिफ हत्याको विषयको अस्पष्टता कायम छ । केन्याका अधिकारीले सरिफलाई अर्को ठानेर स्थानीय प्रहरीले गोली हानेको जनाएको छ । जबकी त्यहाँका पत्रकारहरू यसमा अन्य धेरै विषयहरू जोडिएको बताउँछन् ।

सबै रुपबाट हेर्दा राज्य प्रायोजित कार्यप्रतिको यो सार्वजनिक सन्देह धेरै वास्तविकताको नजिक छ । धेरै मानिसले खानको बढ्दै गएको समर्थनका आधारमा पनि पछिल्ला महिनामा सुरक्षा संस्थाहरूप्रति घट्दो विश्वासको रुपमा हेर्ने गरेका छन् । गत मंगलबार खानले मिडियाहरूसँगको कुराकानीमा खानले पत्रकार शरिफको यो दुखान्त ‘टार्गेट किलिङ’ भएको बताएका थिए । इस्लामावादले पाकिस्तानका दुई उच्च सुरक्षा अधिकारीहरूले सरिफको हत्या बारेमा केन्यामा अनुसन्धान गर्ने बताएका छन् । यो समाप्त नहुन्जेलसम्म केन्याली सुरक्षाकर्मीको सहयोग र यसको विश्वसनीयतासहितका धेरै प्रश्नहरूको जवाफ अनुत्तरित नै रहने छ ।

यसैबीच खानले चाँडोभन्दा चाँडो निर्वाचनको माग गर्दै लाहोरदेखि इस्लामावादसम्मको लङ मार्च घोषणा गरेका छन् । लङ मार्च नोभेम्बर ४ का दिन इस्लामावाद पुग्ने छ । खानको चाँडो निर्वाचन गर्नुपर्ने मागलाई सरकारले निरन्तर रुपमा अस्वीकार गर्दै आएको छ । अहिले चुनाव भयो भने वर्तमान सरकारका नेतृत्वकर्ताले हार्ने भय छ । हालै भएका उपनिर्वाचनमा राम्रो प्रदर्शन गरेको र आफ्नो र्‍यालीहरूमा मानिसको ठूलो संख्या उपस्थित गराउन सफल भएका खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफले सफलता हात पार्न सक्ने आकलन बढ्दै छ । खानले विगतमा लङ मार्चको सुरु गर्ने मितिलाई रोकेका थिए र आफ्ना समर्थकहरूलाई अयोग्यतासम्बन्धी फैसलाको विरोधमा सडकमा नउत्रिन आह्वान गरेका थिए । उनको यो आह्वानले पर्दापछि कुनै प्रकारको वार्ता भैरहेको अनुमान गरिएको थियो ।

अहिले ‘लङ मार्च’को मिति तोकिएको छ र मार्च इस्लामावाद पुग्दा सरकारले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयमा ध्यान केन्द्रित हुन थालेको छ । राजधानी इस्लामावादमा मार्च महिनामा भएको र्‍यालीलाई सुरक्षाकर्मीहरूलाई दमन गरेपछि खानले त्यसलाई रोकेका थिए । त्यसैले खानले आफ्ना समर्थकलाई पुन: सडकमा रोक्छन् वा उत्रिन आदेश दिन्छन् भन्ने अस्पष्ट छ ।

बिहीबार पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ता तथा गुप्तचर प्रमुखले अमेरिकी सरकार र पाकिस्तानी सेनाले मिलेर आफूलाई अपदस्थ गराएको भनि खानले लगाउँदै आएकोसहित अधिकांश आरोपको खण्डन गरेको छन् । यस प्रकारको दुर्लभ निन्दाले खानको र्‍याली आगामी साता राजधानी आइपुग्दा सरकारले नरम नीति लिँदैन भन्ने संकेत गर्दछ ।

सबै मुद्दामा आगामी पाकिस्तानी सेनाप्रमुख को हुन्छन् भन्ने संशय मडारिएको छ । यो निश्चित रुपमा सबैभन्दा शक्तिशाली राजनीतिक पद हो । जनरल कमर जाभेद बाजबाको कार्यकाल आगामी महिना सकिँदै छ र उनले कार्यकाल थप्ने नखोज्ने बताइसकेका छन् । सम्भावनाहरूको बारेमा केही संकेतहरू गरे पनि सरकारले बाजबालाई कसले प्रतिस्थापन गर्छन् भनेर जानकारीमा कडाइ गरेको छ । सरकारको आशय भने खानलाई कमजोर गराउनेछ । त्यसैले आगामी सेना प्रमुख खानको समर्थक हुने छैनन् । यसले सम्भावित उत्तराधिकारीको रुपमा हेरिएका पूर्वगुप्तचार प्रमुख फैज हमीद त्यो दौडबाट बाहिरिएका छन् ।

यो सबै अनिश्चितताले पाकिस्तानी जनतालाई संकटमा परेको छ । राजनीतिक अस्थिरताको गम्भीर नकरात्मक प्रभाव उनीहरूलाई पर्ने सम्भावना छ । यसअघिदेखि नै उच्च मुद्रास्फीति वृद्धि र बढ्दो आतंकवादी आक्रमणले नागरिकहरू पीडित छन् । बढ्दो अनिश्चताले बाढीका कारण विस्थापित भएका दशौं लाख नागरिक सरकारको चासो बाहिर छन् । ईकान्तिपुर

(एजेन्सीहरूको सहयोगमा)

Leave A Reply

Your email address will not be published.