Online News Portal

दिवा सपना मै छन सि जिन्पिङ , ताईवान् एकीकरण गर्ने मुद्दा

142

एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो कार्यकालको महासचिव भएसँगै चीन र ताइवान एकीकरणको दिशामा अहिलेसम्मकै निकट पुगेको समाचार सार्वजनिक भएको छ । चिनियाँ सञ्चारमाध्यहरुलाई उल्लेख गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले चिन र ताइवानको विषय छिट्टै समाधान गर्ने चीन लागेको उल्लेख गरेका छन् ।

बेइजिङको ताइवान मामिला कार्यालयले अहिले चीनको सैन्य बल ‘पूर्ण एकीकरण’को संघारमा रहेको बताएको छ। तर, लामो समयदेखि चीन र ताइवानबीच द्वन्द्व रहदै आएको छ । चीनले ताइवानलाई आफ्नो स्वशासित क्षेत्र मान्दै आएको छ । भने ताइवान आफू स्वतन्त्र राज्य भएको बताउँदै आएको छ ।

चिनियाँ सरकारका प्रवक्ता मा सिआओकुआङले एकीकरणको लागि चीन अहिलेसम्मकै निकट रहेको र यस विषयमा आफू विश्वस्त र सक्षम पनि रहेको उल्लेख गरेका छन्।

गत बुधबार ताइवानका विदेशमन्त्री जोसेप वुले आगामी दिनमा चीनले ताइवानलाई कूटनीतिक हिसाबमा एक्ल्याउने प्रयास बढाउन सक्ने बताएका थिए।

संसद्‌मा बुझाएको प्रतिवेदनमा उनले चीनले ताइवानमाथि आक्रमण र धम्की पनि पनि बढाउन सक्ने बताएका थिए। उनले विशेषगरी कूटनीतिक हिसाबमा चीनले ताइवानलाई समस्यामा पार्न सक्ने उनको भनाइ छ।

Leave A Reply

Your email address will not be published.