Online News Portal

पर्सा १ मा यादव सहित राउतको जित सुनिश्चित पानीटंकीका मतदाताको भनाई

736

वीरगञ्ज, १६ कार्तिक

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का मतदाताले पर्साको क्षेत्र नम्बर १ बाट प्रदीप यादव तथा विधायकमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको जित सुनिश्चित रहेको बताएका छन् । बुधवार बिहान वडा नम्बर ८ पानीटंकीका मतदाताको घरदैलोमा पुगेका पूर्व मन्त्रीसमेत रहेका दुवै नेतालाई अर्काे पटक पनि जिताएर इतिहास रच्ने त्यहाँका मतदाताहरुले प्रतिक्रिया दिएका छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमाले र जसपाको गठबन्धनका उम्मेदवारलाई जिताउन मत माग्ने क्रमलाई निरन्तरता दिँदै यादव र गद्दीसहितका नेता एवम् कार्यकर्ताहरु पानीटंकीका जनताको घरदैलोमा पुगेका हुन् । यसअघि वीरगञ्ज महानगरपालिकाका अन्य वडाका मतदातासँग भेटघाट तथा छलफल गरीसकेका यादवले आफु नेता नभएर जनताको सेवक भएको बताएका छन् ।

देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती एवम् बेथितीको अन्त्य गरेर जनतालाई सहज, सरल र चुस्त रुपमा सेवा प्रवाह गराउनुका साथै विकास एवम् परिवर्तनको प्रत्याभुती दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता पनि यादवले व्यक्त गरेका छन् । त्यसैगरि मुख्यमन्त्री लालबाबु राउत गद्दीले पार्टीको निर्णय भए अनुसार अर्को पटक पनि आफु मुख्यमन्त्रीको पद सम्हाल्ने र मधेस प्रदेश र जनताको चाहना अनुसार नै सेवा गर्ने गराउने तर्फ बढि लाग्ने प्रतिबद्धता जनाए । यस क्षेत्रमा रहेका अन्य भौतिक लगायत सम्पूर्ण कार्यहरुलाई पहिलो प्राथमिकताका साथ अगाडी बढाउने समेत आश्वासन दिएका थिए ।

यादवसँगै पर्साको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार एवम् मधेश प्रदेशका मुख्यमन्त्री मोहम्द लालबाबु राउत गद्दी, नेकपा एमालेका नेता डा. बिशम्भर शर्मा, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी लगायत जसपा र नेकपा एमालेका नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.