Online News Portal

पर्सा २ मा सुविधा सम्पन्न बृद्धाश्रम र प्राविधीक कलेज बनाउछु : अजय चौरसिया

192

वीरगन्ज, १८ कात्तिक

पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले अहिले चुनावका बेला जनता माझ गरेका वाचाहरु सांसदमा जितेर गएपछि पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगहीमा शुक्रबार राति आयोजित रात्रीसभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले भने ,‘ विगतका दिनमा पनि म सांसद हुदा चुनावी प्रतिबद्धताहरु पुरा गरेकै थिए , अहिले पनि चुनावका बेला गरेका वाचाहरु सांसदमा जितेर गएपछि पुरा गर्छु , यो मेरो सार्वजनिक प्रतिबद्धता हो ।

उनले सांसदमा जितेपछि पर्सा २ मा एउटा सुविधा सम्पन्न बृद्धाश्रम बनाउने वाचा पनि गरे । उनले भने,‘ मेरो एउटा सपना छ , यो क्षेत्रमा एउटा सुविधा सम्पन्न बृद्धाश्रम बनाउछु , जहा घरपरिवारबाट बेसाहारा बनेका बुबा आमाहरु बस्नु हुनेछ । यसका साथै पर्सा २ मा एउटा प्राविधीक क्याम्पस पनि बनाउने जुन क्याम्पसमा १० कक्षा पास गरेका यस क्षेत्रका युवा युवतीहरु पढेर स्वरोजगार बन्ने उनले बताए ।

आफुले यसअघिका सांसद जस्तो एउटा पनि स्वागतद्वार (गेट) पनि बनाउने उनले बताए । त्यसको सट्टा त्यो बजेट पक्की सडक र नालाको स्तरोन्नत्तीमा खर्च गरेर जनतालाई सुविधा दिने चौरसियाले बताए । रात्रीसभालाई पर्सा २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेल र काँग्रेस नेताहरुले पनि सम्बोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.