Online News Portal

ज्येष्ठ नागरिक हाम्रा समाजका खम्बा हुन : मुख्य मन्त्री लालबाबु राउत गद्दी

956

वीरगञ्ज, २१ कार्तिक

पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् मुख्यमन्त्री लालबाबु राउत गद्दी वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई सम्मानित गरेका छन् । सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री एवम् जसपाका उम्मेदवार गद्दीले दुई दर्जन भन्दा बढी जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गरेका हुन् । जेष्ठ नागरिकलाई सम्मान गर्दै मुख्य मन्त्री लालबाबु राउत गद्दीले ज्येष्ठ नागरिक हाम्रा समाजका गहना एवम् अभिभावक हुन् बताए ।

उनले भने ,‘ जेष्ठ नागरिक हाम्रो समाजका ज्ञान, सिप र अनुभव संगालेका खम्बा हुनुहुन्छ, उहाहरुको सम्मान हरेक नागरिकले गर्नुपर्छ । ज्येष्ठ नागरिकहरु समाजको अभिभावकसंगै मार्गदर्शक पनि भएको भन्दै यादवले ज्येष्ठ नागरिकको समन गर्ने समाज नै सभ्य समाज हुने बताए । परिवार अनि समाजका लागि ज्येष्ठ नागरिकले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै गद्दीले उहाँहरुको सम्मान गर्नु अहिलेका पुस्ताको कर्तव्य र दायित्व दुवै भएको बताए ।

सो कार्यक्रममा पुर्व मन्त्री एवम् जसपाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदिप यादव , नेकपा एमालेका पर्सा इन्चार्ज प्रभु हजरा , नेता नवराज शर्मा , पूर्व वडा अध्यक्ष राज कु्मार गुप्ता लगायतको पनि सहभागीता जसपा महानगर अध्यक्ष इश्वर चन्द्र यादवले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.