पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्ण बहादुर श्रेष्ठ र जितेन्द्र सोनल प्रति समर्थन बढदै
बारा, २४ कार्तिक
बारा क्षेत्र नम्बर ४ को (ख) मा पर्ने फेटा गाँउपालिकाको जगतपुर र फेटा गाउँको विभिन्न वडामा बिहिबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले फेटा गाँउपालिकाका विभिन्न वडामा घरदैलो गरेका हुन् । चुनावी घरदैलोका क्रममा पुगेका दुवै उम्मेदवारलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका गरेका थिए । स्थानीय मतदाताहरुले यसपापालि प्रतिनिधीसभा र प्रदेशसभा सदस्य दुवै पदमा काम गरेर चर्चा कमाएका उम्मेदवार पाएकाले आफुहरुले यीनै नेतालाई मत दिएर जिताउने बताएका थिए ।
मतदातासंगको भेटघाटका क्रममा श्रेष्ठ र सोनलले विगतको पाँच वर्षको कार्यालयमा आ आफनो क्षेत्रमा गरेका कामको मुल्यांकन गरेर मत दिन आग्रह गरे । आफुहरु चुनाव जितेर हराउने नेता नभइ क्षेत्रको विकासका लागि रातदिन लागि रहने जनसेवक भएको भन्दै दुवै उम्मेदवारले पाच दलीय गठबन्धनलाई मत दिन आग्रह पनि गरे । बुधबारको घरदैलो कार्यक्रममा लोसपा , नेकपा एकिकृत समाजवादी , नेपाली काँग्रेस र नेकपा माओवादीका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।