Online News Portal

मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरदैलो कार्यक्रमलाई तिब्रता, छाता छापमा मत दिन आग्रह

742

वीरगंज, १९ कात्तिक

पर्सा क्षेत्र नं. १ (ख) मा मुख्यमन्त्री लालबाबु राउत गद्दीले वीरगञ्ज महानगरपालिका वडा नं १५ मा घरदैलो कार्यक्रम गरेका छन्। २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. १ को (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भई मुख्यमन्त्री समेत बनिसकेका लालबाबु राउत गद्दी यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत आफ्ना क्षेत्रमा घरदैलो अभिायनलाई तिब्रता दिएका हुन् ।

घरदैलोको क्रममा मुख्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य उम्मेदवार गद्दीले छाता छापमा मतदान गरि पार्टीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए । पर्सा क्षेत्र नं. १ (ख) मा मुख्यमन्त्री विकास कोषबाट थुपै्र विकास निर्माणका कार्यहरु भएको र अझैपनि विकास कार्यहरुले तिब्रता पाउने विश्वास दिलाउँदै छाता छापमा आ–आफ्नो अमूल्य मत दिन आग्रह गरेका थिए ।

घरदैलो कार्यक्रममा सो क्षेत्रका मतदातहरुले मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई नै आफ्नो अमूल्य मत दिई विजयी बनाउने प्रतिबद्धता समेत जनाएका थिए । सो घरदैलो तथा चुनावी प्रचार प्रसारमा स्थानीय नेता कार्यकर्ता हरुको उलेख्निय सहभागिता रहेको जसपाका महानगर अध्यक्ष इश्वर चन्द्र यादवले बताए।

Leave A Reply

Your email address will not be published.