Online News Portal

अब बन्ने काँग्रेस नेतृत्व सरकारको पहिलो काम नागरिकता समस्याको सामधान : अजय चौरसिया

223

वीरगन्ज,२९ कार्तिक

पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले मंसिर ४ को निर्वाचन पछि नेपाली काँग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र उक्त सरकारले नागरिकताको समस्या सम्बोधन गर्ने बताएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा मङगलबार काँग्रेसका अगुवा नेता कार्यकर्ताहरुसंगको भेटघाटका क्रममा काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले यस्तो बताएका हुन् ।

उनले भने ,‘ एमालेको निर्देशनमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर रोकेर राखेकी छन् , मंसिर ४ पछि काँग्रेस नेतृत्वको गठबन्धनकै सरकार बन्छ , राष्ट्रपति पनि फेरिन्छ , अनि त्यो सरकारले पहिलो काम नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउछ । चौरसियाले देशभरि नै काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको लहर चलेको भन्दै अबको निर्वाचनबाटै एमाले र जसपाको पत्ता साफ हुने भएकाले कुनै दुविधामा नपरि काँग्रेसलाई अत्याधिक मतले जिताउनका लागि लागी पर्न अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे ।

चौरसियाले भने ,‘ जब जब मधेसको लागि काँग्रेसले पहलकदमी लिएको छ तब तब एमालेले भाँजो हाल्ने काम गर्दै आएको छ , अहिले चुनावमा केहि सिटको लोभमा जसपाले पनि उसैलाई साथी बनाएको छ , यसले जसपाको मधेस प्रति रहेको कुनियत उदाङगो भएको छ । भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका नेता राकेश सिंह , बुथसभापति उंव पूर्व वडा अध्यक्ष रामनगीना साह कानु , काँग्रेसका नगर सहसचिव दिपक साह , युवा नेता धिरज गुप्ता, महिला नेतृ रुपा श्रेष्ठ लगायतको सहभागीता थियो ।

Leave A Reply

Your email address will not be published.