Online News Portal

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी

195

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन्। महोत्तरी क्षेत्र नं ३ मा ठाकुरले पूर्वकृषि मन्त्री हरि नारायण यादवलाई दुई हजार ५० मतान्त्ररले पराजित गरेका हुन्।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत ल्याएका छन्।

यससँगै लोसपाले प्रतिनिधिसभातर्फ चार सिट जितेको छ। रुपन्देही ४ बाट सर्वेन्द्रनाथ सुक्ला, सर्लाही १ बाट रामप्रकाश चौधरी, महोत्तरी २ बाट शरतसिंह भण्डारी यसअघि नै विजयी भएका हुन्।

Leave A Reply

Your email address will not be published.