Online News Portal

निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरुलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन

275

वीरगन्ज । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य एवम् प्रदेश सभा सदस्य निर्वाचनको क्रमममा अन्तर्घात गर्ने, पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठ्ने नेता तथा कार्यकर्तालाई एमाले पर्सा कमिटीले कारवाही गरेको छ । निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरुलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरी कारवाही गरेको जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूले बताए । अधिकांश क्षेत्रहरूमा अन्तर्घात भएकोकारण पार्टीले हार व्यहोर्नुपरेको ठहरगर्दै केन्द्रीय पार्टीको निर्देशनमा अनुशासन विपरित गतिविधि गर्नेलाई कारबाही गरेको हो । अध्यक्ष थारुको अध्यक्षता एवं केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजारको प्रमुख आतिथ्यमा बसेको सचिवालय कमिटीले पार्टीको कमिटीले सिफारिश गरेको आधारमा अनुसन्धान गरी कारवाही गरेको छ ।पर्नेहरुमा संगठित सदस्य प्रदेश यसवन्त यादव, जिल्ला कमिटी सदस्य कमिटी सदस्यदेखि केन्द्रिय सदस्य समेत रहेको छन् । जिल्ला कमिटीसचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी कावाही गरेको नमलवाली यसप्रकार छन् : जिल्ला कमिटी सचिव एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता जिल्ला कमिटी सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष एवं वडा अध्यक्ष वासुदेव महतो थारु ,नाजुदिन अंसारी इमरान हुसेन मंजूर आलम, पवन तिवारी, सुवास साह कानु, वीरेन्द्र साह कानु मौजीलाल साह कानु, मुस्तकीम अंसारी रामप्रित महतो थारु अमानत अंसारी, नविजान मियाँ सहितलाई आज देखि पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिएको जिल्ला कमिटी अध्यक्ष थारुले बताए।

Leave A Reply

Your email address will not be published.