काठमाडौं । केपी ओलीले सत्तामा हुँदा विकास गर्ने नाममा अन्धाधुन्ध ऋण लिएर देशलाई आर्थिक संकटतिर धकेलेका थिए । तर त्यसलाई शेरबहादुर देउवा नेतृत्वकाे सरकारले ट्रयाकमा ल्याउन सफल भएकाे छ ।
विकास गर्दा पनि ऋणभन्दा अनुदानलाई प्राथमिकता दिएर, फजुल खर्च नियन्त्रण गरेर देउवा सरकारले मियव्ययी खर्च गरिरहेकाे छ । ओलीले गरेकाे वेथितिका कारण प्रत्येक नेपालीकाे टाउकाे ऋणकाे भार थाेपरिएकाे थियाे । तर देउवा आएपछि ऋण घट्न थालेकाे छ । सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालको सार्वजनिक ऋण साढे ५ अर्ब रुपैयाँले घटेको छ ।
असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेकोमा साउनदेखि असाेजसम्म ५ अर्ब ४५ कराेड घटेर २० खर्ब ७ अर्ब ८४ करोड रुपैयाँमा झरेकाे सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएकाे छ ।