Online News Portal

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

141

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा उनीहरूबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँडका विषयमा कुराकानी भइरहेको छ । 

बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उनीहरूबीच भेटवार्ता भएको हो । यसअघि बुधबार साँझ पनि ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.