आम जनता पार्टीको बारा जिल्लाको विस्तारित बैठक सम्पन्न
बारा, १५ माघ
आम जनता पार्टी बाराको बारा जिल्लाको विस्तारित बैठक बरेवा दरवार होटल एण्ड बैंक्वेट, कलैयामा आम जनता पार्टी केन्द्रिय सदस्य तथा बारा संयोजक उमेश कुशवाहाको अध्यक्षता तथा आम जनता पार्टीको अध्यक्ष तथा पुर्व मन्त्री एवं मा. प्रभु साहको प्रमुख अतिथित्यमा सम्पन्न भएको छ ।
देश धान्न धौधौ परिरहेको अवस्थामा यत्रो जम्बो टोलीले आर्थिकतन्त्र धरापमा परेको बताए। वर्तमान सरकार आफ्नो निजी स्वार्थ र कुर्सीको लोभले राजनितिक स्थिरता कायमै रहेको उनको भनाई थियो।
देश र जनताको लागि लडने पार्टी अहिले आफ्नो निजी स्वार्थमा लिप्त भएको आरोप लगाए । ठुला दलहरु आफ्नो सत्ता र कुर्सी बचाउनको लागि लागिपरेकोले जनताले स्वतन्त्र रोजेको साहले बताए ।
अहिलेको नेतृत्वमा आफै स्थिरता नभएकोले विदेशी शक्ति हाबी हुन पुगेको उनको भनाई थियो । आफुले देशमा भ्रष्टाचारको जरैदेखी उखेलेर विकासको लहर ल्याउने प्रतिबद्वता गरेका छन् ।
शासकलाई सामुनापातिक अधिकार दिएर देशको ढुकुटी सिध्याउने खेल मात्रै भएको साहको भनाई थियो । निर्वाचित माथि गैर निर्वाचितको हाली मुहालीले जनतासंग गरेको वाचा पुरा गर्न नसक्दा जनता भ्रमित भएको उनले बताए ।
नेपालमा शासकले ठुलो पुजी विदेशमा संचित गरेकाले नेपालको आर्थिक अवस्था दयनिय भएको साहले बताए । कानुनको आडमा प्रहरीले आतङ्क मचाएको भन्दै राजस्व छलेको माल पक्राउ गर्दा ४५ प्रतिशत प्रहरीले पाउनुनै ठुलो अपराध भएको उनको भनाई थियो ।
बैठकबाट जिल्ला कमिटी गठन तथा जिल्ला महिला कमिटी गठन भएको थियो ।
उक्त कार्यक्रममा बिशिस्ट अतिथि आम जनता पार्टी मधेस प्रदेस ईन्चार्ज उपेन्द्र साह, केन्द्रिय सद्स्य तथा संगठन बिभाग प्रमुख कुन्दन कुशवाहा, मधेस प्रदेश संयोजक शिरिचन मुखिया, बारा ईन्चार्ज अशोक लामा, पर्सा ईन्चार्ज बाबु राम कौशी, अतिथी राकेश बैठा अनिल सहनी रामभरोस राम लगाएत नेता कार्यकताहरुको सहभागिता रहेको थियो । भने कार्यक्रम संचालन शनि गुप्ताले गरेका थिए ।