Online News Portal

बीरगञ्ज लाईसेन्स फाँटमा निःशुल्क मेडीकल को नाममा डा. साहिल पटेलको लुटतंत्र

785

 

बीरगञ्ज १६ पर्सा
बीरगञ्ज लाईसेन्स फाँटमा निःशुल्क मेडीकल को नाममा मेडीकल गर्ने डाक्टर हरुले लुटतंत्र अवस्था बनाएका छन। फिजिकल टेस्ट मा आँखाको पावर, छारेरोग, पागलपन, रिंगटा लाग्ने, फोक्सो तथा हिर्दय सम्बन्धी रोग, कूनै किसिमको मानसिक रोग, हात खुट्टा नभएको सम्बन्धी चेक जाँच गर्ने हुन्छ।

तर यहाँ रहेका डाक्टर हरुले पैंसा को लोभमा मेडीकल सम्बन्धी चेक जाँच न गरीकन पास गराउने गरेका छन्। जस्तै व्यक्ति अपाङ्ग , हिर्दय रोग, आखा सम्बन्धी रोग, बौलाएको, हात खुट्टा सम्बन्धी समस्या भएका, अथवा विदेश भएका व्यक्तिको पनि पैसाको भरमा मेडीकल गर्ने गरेका छन।

आँखा सम्बन्धि रोगको ५०० देखी १००० सम्ममा पास गराइने, हात खुट्टामा समस्या भएमा १५०० देखी २००० सम्ममा पास गराइने तथा आउन नसक्ने तथा विदेशमा रहेका हरुको लागि अंगिनत रकम असुल गरी मेडीकल पास गराउने गरेका छन।

निःशुल्क मेडीकल को ठेका पाटा को सम्झौता २०७९/०४/११ गरेको मितिबाट लागू भएको थियो यो सम्झौता १ वर्ष को लागि भयेको छ। यो ठेका डा. साहिल पटेल ले निःशुल्क भावनाले सेवा गर्न को लागि यो ठेका लिएका थिएँ तर डा. साहिल पटेल मेडीकल गर्ने कोठामा लगभग २ महिना बसेका थिएँ। त्यसपछि उनी मेडीकल गर्ने कोठामा र लाईसेन्स फाँटमा आउन बन्द गरे।

बारा जिल्ला वार्ड १ बहुवरी हाल बारा जिल्लाको परवानीपुर गाउँपालिका वार्ड नं ५ बस्ने डा. साहिल पटेलले निर्वाह गर्ने जिम्मेवारी कलैया नगरपालीका वडा नं ५ गंगापुर बस्ने डा. राज पटेलको काँधमा यो जिम्मेवारी दिएर कमाइखाने भाँडो बनाएका छन्। जस्लेपनी यस विषयमा जानकारी लिन खोज्दा मेडीकल गर्ने कोठा निर डाक्टर हरुले आफ्नो सुरक्षाको लागि राखेका यहीँका स्थानिय बाउन्सर हरु धाक धम्की हेराउने गरेका छन।

यस कार्यालयका कार्यलय प्रमुख कमल गाैतम लाई यस विषयको जानकारी भएपनि यस्ता कार्यलाई रोक्न निर्देशन दिएका छैनन्। किन यस्ता कार्य रोक्न निर्देशन दिएका छैनन् यो प्रश्न अगाडि आएको छ।

Leave A Reply

Your email address will not be published.