Online News Portal

राजेन्द्र महतो स्वयम्, सीके राउतलाई समर्थन गर्दै लोसपा भित्र ठूलो झट्का

149

वीरगञ्ज ९ बैशाख
पाँच दलिय गठबन्धन का साझा उम्मेदवार बनेका उपेन्द्र यादव लाई असहयोग गर्ने लोसपा भित्रका नेता कार्यकर्ताहरु दुई गुटमा विभाजन भएको छन् । राजेन्द्र महतो गुट र शरतसिंह भण्डारी गुटमा आपसी तनाव भएको कारणले उपेन्द्र लाई महतो गुटले सिके राउत तर्फ सहयोग गर्ने देखिएको छ। डा. राउतले पैसा को चलखेल गरेको कारण र पाँचदलिय गठबन्धनले महतो लाई प्रथमिकता नदिएको कारण दुई गुटमा विभाजन भएको देखिएको छ।
महतोले आफ्नो गुट लाई डा. सिकेका उमेद्वार शिवचन्द्र कुशवाहा लाई सघाउनका लागि निर्देशक दिदै पैसाको चलखेल भारि मात्रामा बाँढेका एक नेता नाम न बताउने सर्तमा उजागर गरेका छन्। उपेन्द्र यादव जित तर्फ उन्मुख देखिएकले डा. राउतले उपेन्द्र लाई हराउन का लागि हुदै सम्म आर्थिक चलखेल गर्ने अभिव्यक्ति दिइएका छन्।
जसपासँगै कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा (एकीकृत समाजवादी) को पनि साथ छ । त्यसमाथि गत निर्वाचनमा बारा २ बाट ११ हजार भन्दा धेरै मत ल्याउने स्वतन्त्र उम्मेदवार रामकिशोर यादव (जसपाका केन्द्रीय सदस्य) र १० हजारभन्दा धेरै मत ल्याउने अर्का स्वतन्त्र उम्मेदवार (कांग्रेस महासमिति सदस्य) रविन्द्र प्रसाद यादवले पनि यो निर्वाचनमा उपेन्द्र यादवलाई नै समर्थन गरेका छन् ।
त्यति हुँदाहुँदै पनि यो निर्वाचन उपेन्द्र यादव पूर्णरुपमा सुरक्षित हुन्छन् भनेर ठोकुवा गर्न नसकिने बाराको करैयामाई गाउँपालिकाका पुराना कांग्रेस कार्यकर्ता गंगाप्रसाद कोइराला बताउँछन् । ‘हुन त यहाँ जसपा आफैं बलियो छ । फेरि उपेन्द्र यादवलाई सत्तारुढ गठबन्धनका सबै दलले समर्थन गरेका छन्,’ कोइरालाले भने, ‘तर प्रतिस्पर्धीहरुले उहाँलाई सप्तरीमा चुनाव हारेर आएको पाहुना उम्मेदवार भनिरहेका छन् । यसको प्रभाव चुनावमा पर्न सक्छ ।’ शिवचन्द्र कुशवाहा आफैंले उपेन्द्र यादव विरुद्ध जातीय गठबन्धन बन्न सक्ने संकेत गरे ।
‘यो क्षेत्रमा यादव समुदायका मतदाताको संख्या जम्मा २२÷२५ हजार छ । अन्य अल्पसंख्यक जातिको संख्या झण्डै ८० हजार छ,’ कुशवाहाले भने, ‘फेरि सबै यादवले उपेन्द्रलाई नै मतदान गर्छन् भन्ने छैन । यादव भित्रकै उत्पीडित वर्ग समुदायका मतदाताले मलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास छ ।’
कुशवाहाले बारा २ का सबै माओवादी नेता कार्यकर्ता आफ्नो साथमा रहेको दाबी गरे । ‘यहाँ उपेन्द्रलाई मतदिने पक्षमा कुनै पनि माओवादी छैनन् । सबै माओवादी नेता कार्यकर्ता मेरो चुनावी अभियानमा जोडिनु भएको छ । यहाँ प्रचण्ड नै आएर भाषण गरे पनि केही फरक पर्दैन ।’ उनले भने ।
चुनाव प्रचारको क्रममा शिवचन्द्र कुशवाहासहितका उम्मेदवारले उपेन्द्रलाई बाहिरिया उम्मेदवार, सप्तरीमा हारेर यता आएको, १५ वर्षदेखि लगातार संसद र सरकारमा रहँदा पनि मधेशी जनताको पक्षमा सिन्को नभाँचेको जस्ता आरोप लगाउने गरेका छन् ।
पार्टीको माथिल्लो निकायले उपेन्द्रलाई समर्थन गरे पनि माओवादीका कतिपय स्थानीय नेता कार्यकर्ता खुलेरै शिवचन्द्रको पक्षमा लागेका छन् । उनीहरु उपेन्द्रकै योजनामा गौर हत्याकाण्ड भएको भन्दै उनलाई मतदान गर्न नहुने अभियानसमेत चलाएको श्रोतले बतायो ।
६ महिनाअघि मात्रै सीके राउतसँग सप्तरी २ मा पराजित यादवलाई अहिले बारा २ मा पनि जनमत पार्टीले नै चुनौती खडा गरिदिएको छ, जीत सहज छैनन् उपेन्द्रलाई कहि कतै संघिय संसद छिर्ने बाटो बाराबाट नै बन्द हुन सक्छ भने आशंका समेत व्यक्त गरिएको छ ।

Leave A Reply

Your email address will not be published.