काठमाडौं – मधेश प्रदेशको बारा २ मा आज जारी रहेको मतदानको क्रममा मतदान केन्द्रको बुथ जसपाले कब्जा गरेको आरोप जनमत पार्टीका अध्यक्ष सीके राउतले लगाएका छ्न ।
अध्यक्ष राउतका अनुसार प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका अन्तर्गत पर्ने बेलडाडीमा जसपाको कार्यकर्ताहरुले बुथ कब्जा गरेको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले आफू जसरी पनि जित्ने पैसा दिएर हुन्छ , धम्काएर हुन्छ जता बाट पनि आफू जित्ने रणनीतिमा लागेको र जसपा माथि गम्भीर आरोप लगाउदै जनमतका अध्यक्ष राउतले हाम्रा प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा प्रवेश गर्न दिएको छैन भन्नू भयो । बुथ कब्जा बारेमा जनमत पार्टी अध्यक्षले समाजिक संजालमा एउटा् अन्तर्वार्तामा भनेका छ्न । उपेन्द्र यादवका नेता कार्यकर्ताहरु सङ दुई दुई मत पत्र रहेको समेत आरोप लगाएका हुन । राउतका अनुसार प्रहरी प्रसासन सङ पटक – पटक आग्रह गरे पनि ध्यानाकर्षण नभएको गुनासो राखेका छ्न । उनले भने आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको हो । आफूहरूले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको उनको आरोप छ ।
जनमतका अध्यक्ष राउतको आरोप प्रति अलिकति पनि सत्यता नरहेको बारा प्रशासनले जनाउदै आज विहानै देखि शान्तिपूर्ण मतदान भईरहेको स्पष्ट पारे ।