Online News Portal

चीनले अन्य देशको पत्रकार माथी किन लगाउदै छ अन्कुस

141

चीनले त्यहाँ कार्यरत अन्तिम एक भारतीय पत्रकारको पनि भिसा अवधि नथप्ने बताएको छ । चिनियाँ प्रशासनको उक्त निर्णयपछि चीनमा कोही पनि भारतीय पत्रकार हुने छैनन् । मिडिया रिपोर्टहरूका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार प्रेस ब्रिफिङमा भारतमा चिनियाँ पत्रकारसँग अनुचित र भेदभावपूर्ण व्यवहार गरिएको बताएका छन् ।

भारतीय मिडियाहरूले चीनले त्यहाँ रहेका भारतीय पत्रकारको भिसा नवीकरण नगरेको जनाएका छन् । न्युज एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का एक जना भारतीय पत्रकार मात्रै यतिबेला चीनमा छन् । उनको भिसा अवधि जुनमा सकिँदै छ । चीनले उनको भिसा अवधि नथप्ने जनाइसकेको छ । उनी यो महिनाको अन्त्यमा भारत फर्किएपछि चीनमा कोही पनि भारतीय पत्रकार हुने छैनन् ।

हिन्दुस्तान टाइम्सका एक पत्रकारको भिसा अवधि ११ जुनमा सकिएपछि उनी भारत फर्किएका छन् । त्यसअघि अप्रिलमा बिदामा भारत आएका दुई पत्रकार चीन फर्किन पाएनन् । उनीहरूको भिसा फ्रिज गरिएको जानकारी दिइएको थियो । चीनमा भारतका चार पत्रकार थिए ।

१५ जुन २०२० दुवै देशबीच पूर्वी लद्दाखको गलवान घाँटी सीमामा तनाव भएको थियो । उक्त तनावमा २० भारतीय सैनिक र चीनका चार सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई देशबीच पटक–पटक वार्ता भए पनि स्थिति सामान्य हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.