Online News Portal

फ्रान्सको दुईदिने भ्रमणमा मोदी

102

पेरिस — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि फ्रान्स पुगेका छन् । उनी शुक्रबार फ्रान्सको राष्ट्रिय दिवसमा आयोजना हुने सैन्य परेडमा विशेष अतिथिका रुपमा सहभागी हुनेछन् । मोदीको भ्रमण भारत र फ्रान्सबीच सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ । फ्रान्सबाट धेरै हतियार खरिद गर्नेमा भारत पनि एक हो ।

सन् २०१५ मा फ्रान्सको भ्रमणको क्रममा मोदीले ३६ वटा राफेल लडाकु विमान खरिद गर्ने सम्झौता गरेका थिए, जसको लागत ४.२५ अर्ब अमेरिकी डलर थियो । यस भ्रमणको क्रममा पनि अत्याधुनिक विमान तथा पनडुब्बी खरिदको सम्झौता गर्ने तयारी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

पछिल्लो समय दुई राष्ट्रबीच रुस–युक्रेन युद्ध र भारतमा मानवअधिकारको विषयमा मतभेद छ । तर, चीनसम्बन्धी एजेन्डाले भने दुवै देश नजिक छन् । फ्रान्सले हिन्द–प्रशान्त रणनीतिका लागि भारत बलियो साझेदार भएको जनाउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.