Online News Portal

चीनले हुमलाकाे किमांयाका क्षेत्रमा आफ्नो संरचनाहरु निर्माण गरेको तथ्य फेला

153

हुमलाका अतिरिक्त चीनले संखुवासभा जिल्ला अन्तर्गतको किमांयाका क्षेत्रमा आफ्नो संरचनाहरु निर्माण गरेको तथ्य फेला परेको छ । चीनले नेपालको भूमिमा अनाधिकृत अध्यागमन कार्यालय बनाएर संचालनमा ल्याएको छ । अरुण नदीले छुट्याएको सिममा अतिक्रमण गरि आफ्नो कार्यक्रम संचालनमा ल्याउनु नेपालको सार्व भौमिकता माथि ठुलो प्रहार हो ।

स्मरणीय के छ भने यस कार्यालय वरिपरि जुन स्वंय नेपालको भूमि उपर ठडिएको छ , त्यहाँ नेपाली नागरिकहरुको आवगमन प्रतिबन्ध गरिएको सूचना पट नै लगाइएको पाईन्छ । एउटा स्वतन्त्र राष्ट्रको सिमना क्षेत्र अनाधिकृत कब्जा गरि, आफ्नो संरचना खडा गर्नु एवं नेपाली नागरिकहरु माथि प्रतिबन्ध लगाउनु जस्ता दुस्सहास अत्यन्त निनदनीय छ ।

सरकारले यसप्रति आफ्नो धारणा स्पष्ट गर्नु अति बाञ्छणीय ठहर्दछ । यसमा अझ के पनि उल्लेख गरिएको छ भने यदि कुनै नेपाली नागरिकले यस जंङ्गल क्षेत्रमा आगो लगाउने कार्य गरे उसलाई दण्डणीय ठहराईने छ ।

Leave A Reply

Your email address will not be published.