Online News Portal

बारामा नेपाली काग्रेश को पता साफ भए पछी कार्यकार्ता खनिए प्रहरी माथी

525

कलैया (बारा), ५ साउन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई बद्नाम गर्ने कार्य भइरहेको छ । आफ्नो निहीत स्वार्थ सिद्ध गर्न एवं राजनीति ब्रचश्व कायम गर्ने मनसायले राजनीति कार्यकर्ताहरुले प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहलाई बद्नाम गर्ने कार्य भइरहेको हो ।

दुई पक्षबीच भइसकेको सहमतिलाई गत साउन २ गते मंगलबार जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा छलफलको क्रममा नेपाली काँग्रेसँगका जिल्ला सचिव भैयाराम यादवले आफ्नो अनुकुल सहमति गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । उत्पन्न विवादलाई प्रहरीले साम्य पार्न खोज्दा प्रहरीमाथि नै कुटपिट हुन सक्ने अवस्था भएपछि सबैलाई जिल्ला प्रहरी कार्यालय हाता बाहिर निकालिएको थियो । सोही क्रममा राजनीतिकर्मी यादवले आफूमाथि हातपात भएको र प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहले आफूमाथि हातपात गरेको भन्दै वीरगंज स्थित स्पर्श मल्टिस्पेशलिटी हस्पिटलमा भर्ना भई नौटंकी सुरु गरेका थिए ।

प्रहरीले उनले भने जसरी नगरेको कारण प्रहरी अधिकृत जस्तो कर्मचारीहरुको चरित्र हत्या गर्न राजनीतिकरण सुरु भएको छ । विवाद पश्चात नेपाली काँग्रेसका कार्यकर्ताहरु प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन समेत गरेका थिए तर स्थानीयहरुले भने प्रहरीले गरेको कामको वाहवाही गरि रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा पीडित र पीडक भन्दा पनि विचौलियाहरुको विगविगी बढि हुन्छ । दिनहुँ विभिन्न घटनाका छलफलहरु भइरन्छ र विचौलियाहरुले घटना मिलाउने, मुद्दा मिलाउने बहानामा जिल्ला प्रहरी कार्यालयको ओहरदोहर गरि रहेका हुन्छन् । आफू यो पार्टीको नेता, समाजसेवी भनेर पटक पटक आफ्नो अनुकुल घटनालाई मोड्नु र घटना मिलाउनु विचौलियाहरुको दिनचर्या नै छ ।आफूमाथि कुटपिट भनिएका नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवको मेडिकल रिपोर्ट ।

सोही क्रममा राजनीतिकर्मीले भनेजस्तो प्रहरी नायब उपरीक्षकले नगरेपछि यो राजनीतिकरण सुरु भएको स्थानीयहरुको बुझाई छ । जिल्ला प्रहरी कार्यालयमा आफ्नो ब्रचश्व कायम राख्नका लागि प्रहरी अधिकृतमाथि राजनीतिकरण भइरहेको उनीहरुको भनाई छ । प्रहरी नायब उपरीक्षक पाण्डे आफै पीडित जनताहरुसँग भेटेर गुनासो सुन्ने र न्याय दिलाउने कार्य गर्दै आएका छन् तर राजनीतिकर्मीको दबाबमा पीडितलाई अन्यायमा पार्ने काम भने पक्कै गरेका छैनन् । यसैले गर्दा उनीमाथि राजनीतिक प्रतिशोध साध्नको लागि पार्टीका केही सीमित कार्यकर्ताहरुले नौटंकी सुरु गरेका छन् ।

यता आफूलाई कुटपिट भएको भन्ने राजनीतिकर्मी यादव उपचारको नाममा अस्पतालमा दिन विताई रहेका छन् । आफूमाथि निर्घात कुटपिट भएको आरोप लगाएका राजनीतिकर्मी यादवको मेडिकल रिपोर्टमा भने कुटपिट नभएको देखाएको छ । यादवलाई कलैया अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा कुनै किसिमको कुटपिट नभएको रिपोर्टमा उल्लेख छ । प्रारम्भिक मेडिकल रिपोर्टमा ४९ वर्षीय यादवका ब्लड प्रेसर १४०/९०, अक्सिजन ९५, पल्स ९०, आरआर २०, बडी टेम्प्रेचर ९७ डिग्री देखिएको छ ।

निजले मापसे नगरेको र निजको मानसिक अवस्था ठीक रहेको कलैया अस्पतालले उपलब्ध गराएको रिपोर्टमा उल्लेख गरिएको छ । यस मेडिकल रिपोर्टको आधारमा चिकित्सकसँग परामर्ष गर्दा यादवलाई कुनै किसिमको हातपात नभएको देखिन्छ । तर यादवले राजनीतिकरण गर्न र पार्टीको नाममा जिल्ला प्रहरी कार्यालय बारामा आफ्नो दबदबा बनाउनका लागि विभिन्न प्रपञ्च रचि रहेका छन् । उनले आफैलाई ५० झाडप र बुटैबुटले हानेको भनेर सञ्चारकर्मीहरु समक्ष बयान दिएका छन् तर मेडिकल रिपोर्टमा भने उनीमाथि कुनै किसिमको हातपात नभएको पुष्टि भएको छ ।

नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव ।

यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले यादवमा आफू लगायत कुनै प्रहरीले कुटपिट नगरेको दाबी गरेका छन् । उनले गत असार १२ गते रोकेर राखिएको पिकअप भ्यानमा पछाडिबाट मोटरसाइकलले ठोकेको थियो र मोटरसाइकल चालक घाइते भएका थिए । मोटरसाइकल चालकसँग लाइसेन्स नभएको कारण उपचार खर्च मोटरसाइकल चालकले ३० प्रतिशत र पिकअप भ्यान साहुले ७० प्रतिशत खर्च तिर्ने सहमति भएको थियो । विवाद समाधानकै क्रममा पटक पटक छलफल गर्दा घाइतेको उपचारमा बढि पैसा खर्च देखिएपछि पिकअप साहुले पैसा नतिर्ने भनेपछि जिल्ला प्रहरी कार्यालय परिसरमै छलफलकै क्रममा विवाद उत्पन्न भएको थियो ।

विवाद साम्य पार्न खोज्दा प्रहरीमाथि नै जाइलागेपछि विवादलाई साम्य पार्न यादवलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको प्रहरी नायब उपरीक्षक पाण्डेको भनाई छ । छलफल हुने बेलामा आफू त्यहाँ नरहेको तर कार्यालयमै ल्याएर डिएसपीले कुटेको लगाइएको आरोप निराधार रहेको डिएसपी पाण्डेको भनाई छ । यादवलाई कुनै किसिमको कुटपिट भएको छैन भन्दै डिएसपी पाण्डेले बढि होहल्ला भएपछि विवादलाई साम्य पार्नको लागि तिनीहरुलाई बाहिर निकालिएको हो, तर यो कुरालाई राजनीतिकरण गरिएको छ, र अनावश्यक रुपमा प्रहरीलाई बद्नाम गर्न खोजिएको बताए ।

Leave A Reply

Your email address will not be published.