Online News Portal

चन्द्रयान–३ को रोभरले चन्द्रमामा चाल्यो पाइला, महत्त्वपूर्ण तथ्याङ्क र तस्बिर विश्लेषणका लागि पठाउने

191

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याएकाे रोभरले चन्द्रमाको सतहमा पहिलो यात्रा शुरु गरेको छ ।

इतिहास बनाउँदै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अस्ति ल्यान्डर अवतरण गराएको एक दिनपछि हिजो ल्यान्डरबाट रोभर बाहिर निस्किएको हो ।

चन्द्रयान–३ ले लगेको विक्रम नामको ल्यान्डरबाट रोभर बाहिर ओर्लिएर चन्द्रमामा हिँडेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) ले जनाएको छ । त्यहाँको चट्टानी र ठूला खाडलहरू भएको सतहमा घुमेर रोभरले महत्त्वपूर्ण तथ्याङ्क र तस्बिरहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ ।

रोभर एक सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा हिँडडुल गर्न सक्छ । आफ्नो हरेक चालमा रोभरले आफ्ना छ वटा चक्कामा जडान गरिएको इसरोको लोगो र प्रतिक चिह्न माटोमा बनाउने छ ।

Leave A Reply

Your email address will not be published.