Online News Portal

खाली हात चीन जाँदै प्रचण्ड, देशकै अपमान हुने चिन्ता

107

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनी अमेरिकामा असोज ५ गतेसम्म रहनेछन् । उनी असोज ५ गते त्यतैबाट चीनतर्फ प्रस्थान गर्नेछन् । उनी चीनमा आठ दिनसम्म रहनेछन् ।

उनले दुई दिन आकाशमै समय बिताउनेछन् । अमेरिकाभन्दा बढी महत्व प्रचण्डले चीनलाई दिएका छन् । सोही कारण उनी आठ दिनसम्म चीनमा रहनेछन् । तर चीन भ्रमणमा जाने एजेन्डा उनले केही पनि बनाएका छैनन् ।

राष्ट्रसंघमा उठाउने एजेन्डा उनले दुईवटा बनाएका छन् । चीन जाँदा भने शून्य एजेन्डा छ । भ्रमणको कुनै एजेन्डा तयार पार्न नसकेको भन्दै उनको आलोचना भएको छ । प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका उनले ६ गते चीनका राष्ट्रपति सीसँग भेट्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्डले चीनका प्रधानमन्त्री लि छ्याङलाई भने बेइजिङमा भेट्ने बताए ।

‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘चिनियाँ समकक्षी लि छ्याङसँग असोज ८ गते बेइजिङमा भेट हुनेछ ।’

प्रचण्डको अमेरिका प्रस्थान गर्ने र चीनबाट नेपाल फर्कने बेलाको अन्तिम तयारी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय गौचरको मिटिङ हलमा बसेको बैठकले सम्पूर्ण सुरक्षाको समीक्षा गरेको छ ।

शनिबार बेलुकी ६ः४० देखि सवा ६ बजेसम्म काठमाडौं विमानस्थलबाट हुने सम्पूर्ण उडान र अवतरण रोकाइएको थियो।

उनी चीनको औपचारिक भ्रमणपछि फर्कने असोज १३ गते बिहान १०ः५५ देखि साढे ११ बजेसम्म पनि काठमाडौंको आकाशमा उडान निषेधित गरिनेछ । मिडियाडबलि

Leave A Reply

Your email address will not be published.