कलैया ,बारा
असोज ४
कलैया बिरगंज सडकखन्ड अन्तर्गत भलुही चौकमा रहेको चन्दल आयल पेट्रोल पम्प अगाडि हिजो साझ बुधबार मोटरसाइकल दुर्घटनामा परेर कलैया का एक युवककाे मृत्यु भएकाे थियो ।
फेटा गाउपालिका वार्ड १ भलुही चौक देखि पछीम चन्दन आयल स्तोर नीर कलैया बिरगंज सडकमा बुधबार बेलुकी प्रदेश २ ०३-०१७ प ९७५० नम्बरको मोटरसाइकल र नम्बर नखुलेको गाडी एक आपसमा ठोकिंदा कलैया का श्रीभगवान पटेलको मृत्युु भएकाे थियो ।
प्रदेश २ ०३-०१७ प ९७५० नम्बरको मोटरसाइकलका चालक कलैया उप महानगरपालिका वाड नम्बर २३ बैराटपुर निवासी हिरा राउत कुर्मी का छोरा अ .३३वर्षीय श्रीभगवान पटेलको मृत्यु भएपछि ठक्कर हान्ने गाडी अहिले सम्म पक्राउ नपरेपछी स्थानीय बासिन्दाहरु ले बिहान ९:३० बजे देखि कलैया बिरगंज सडक खण्ड मा पर्ने बैराटपुर चौक मा रोडमा टायर बाली बाटो अवरोध गरेका थिए ।
यसै गरि बारा प्रहरी को विशेष टोलि परिचालन गरि , उक्त घटनाको बारेमा अनुसन्धान गर्न बनेको बिशेष टोलीले घटना घटेको १८ घण्टा भित्रमा घटना घटाई फरार रहेका ना १ ह ३८७७ नम्बरको ई रिक्सा सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय बारा ले जनाएको छ।
पक्राउ पर्नेमा सवारी इरिक्सा ना १ ह ३८७७ नं. को ई- रिक्सा चालक जि. बारा परवानिपुर गा.पा. ५ बहुअरि बस्ने अं. बर्ष ३५ को सुधन दास रहेको जि प्र का बाराले जनाएको छ।