Online News Portal

प्रमुख प्रशासकीय अधिकृत पाल कार्यालयमा हाजिर, गा.पा.अध्यक्षले गरे स्वागत

158

बाराको सुवर्ण गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल हाजिर भएका छन् । गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव तथा कार्यालयका कर्मचारीहरूको उपस्थितिमा पाल हाजिर भएका हुन् ।

कार्यालयमा गाउँपालिका अध्यक्ष यादवले पाललाई स्वागत पनि गरेका छन्। कार्यालयमा हाजिर भएपछि पालले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन् । नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख पालले कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्।

Leave A Reply

Your email address will not be published.