Online News Portal

आदर्श कोतवाल गाउँपालिकाको प्रशासकीय अधिकृत चौरसियाको कर्तुत : बिहिवार अनुउपस्थित भएपनी हस्ताक्षर सहितको सुचना गाउँपालिका सुचना पार्टिमा टांस

0

कलैया पौष १७ । बाराको आदर्श कोतवाल गाउँपालिकाको प्रशासकीय अधिकृत बिजय प्रसाद चौरसियाको अशोभनीय कर्तुत बाहिर आएको छ । गाउँपालिकाले बिहिवार विभिन्न करारसेवा पदमा पदपूर्ति सम्बन्धि निकालिएको सुचना उनी कार्यालयमा बिहिवार अनुउपस्थित रहेपनी सुचना पार्टिमा २०८२ पौष १७ गतेको हस्ताक्षर सहितको सुचना प्रकाशन भएको छ । आदर्श कोतवाल गाउँपालिका र स्थानीय जेन जी युवाहरू बिच भएको समझौता कार्यनयन नहुनु ,समयमा प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुनु , कर्मचारी उपस्तिथि नहुनुले सेवा प्रवाहमा धेरै असर परेको स्थानीय चिउटाहा निवासी संजय पटेल बताउँछन् । स्वयं प्रशासकीय अधिकृत चौरसिया कार्यालयमा २ बजेपछि मात्र हाजिर हुने ,त्यसपछि सम्पर्क बिहिन हुने गतिविधिले गाउँपालिकाको सेवा प्रवाह ,बिकास निर्माणकार्य ,सेवाग्राहीले पाउनु प्रने सुबिधा पाउन सकेका छैन । मिलन राष्ट्रिय दैनिक पत्रीकाका प्रतिनिधि पौष १७ गते आदर्श कोतवाल गाउँपालिका पुग्दा एकजना प्राबिधिक , आईटी शाखा प्रमुख बाहेक सम्पुर्ण शाखा प्रमुखको कर्मचारी बिहिवार कार्यालयमा भेटिएन । अग्रेजी नंया बर्ष २०२६ मा नेपाल सरकारले बिदा दिइएको थिएन ,तर स्थानीय पालिकामा कर्मचारीहरु कार्यालयमा भेटिएन । प्रशासन शाखा प्रमुख रमेश साह समेत बिहिवार कार्यालयमा अनुउपस्थित रहेका थिए । कार्यालय प्रमुखको प्रतीक्षामा हामी बिहिवार १२ बजेसम्म कार्यालयमा समय बिताएपनी उनी त्यसबेला सम्म कार्यालय पुगेका थिएन । यसरी प्रशासन शाखा प्रमुख साह अनुउपस्थित ,कार्यालय प्रमुख अनुउपस्थित भएको अवस्थामा कार्यालय प्रमुखको हस्ताक्षर सहितको सुचना सुचना पार्टिमा टांस भएको थियो । जुन सुचना हाम्रो क्यामरामा कैद गर्न सफल भए । हाकिम घरमा पौष १७ गतेको सुचनामा कसरी हस्ताक्षर भयो ,भन्ने जिज्ञासा त्यहाँ राख्दा तुरुन्तै सुचना पार्टी बाट सुचना हटाईएको थियो । यश सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत बिजय चौरसिया संग मोबाइलमा ९८५५०४८ ८३९ सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको थियो ।

Leave A Reply

Your email address will not be published.