बिरगंज १३ पर्सा
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छपकैया सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्र द्घारा विरगंज महानगरपालिका आधाभुत विधालयका छात्र तथा छात्राहरुलार्य न्यानो स्विटर तथा पोसाक वितरण कार्यक्रम विरगंज महानगरपालिकाका नगर प्रमुख श्री राजेश मान सिंह ज्यूको प्रमुख आतिथ्यता तथा उप प्रमुख श्री इम्तियाज आलम ज्यूको विशिष्ठ आतिथ्यतामा कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइ ज्युको अध्यक्षतामा आयोजना गरिएको थियो भने अतिथिहरुमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी,वडा ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, प्रहरी निरिक्षक विसाल मल्ल, प्रहरी निरिक्षक तिर्थराज न्यौपाने,अब्दुल कैस लगायतका सहभागिता रहेको थियो ।