राष्ट्रिय एकता अभियानद्वारा सन्त रविदासकाे जन्मजयन्ती

बारा । राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका महान ऋषि सन्त रविदासकाे जन्मजयन्ती मनाएकाे छ । अभियानले सन्त रविदासकाे जी को पूजा तथा समरसता कार्यक्रम गरी जन्मजयन्ती मनाएकाे हाे ।

बाराको सदरमुकाम कलैया स्थित भरवलिया टोलमा वड़ा नंबर १८ का वडा अध्यक्षको अध्यक्षतामा जन्मजयन्ती मनाइएकाे अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताउनु भयाे ।

जन्मजयन्ती कार्यक्रममा प्रमुख अतिथि तथा अभियान निकट राष्ट्रिय विद्यार्थी परिषद्का संयोजक विवेक कुशवहाले समाजमा जातिको आधारमा भई रहेको छुवाछुतप्रति आपत्ति जनाउनु भयाे ।

उहाँले जातिय छूवाछुत हिन्दू धर्मको संस्कृति नरहेको समेत बताउनु भयाे । उहाँले भन्नुभयाे,’यों एउटा विकृति मात्र हो, छुवाछुतलाई प्रश्रय दिनु हिन्दू धर्म विरोधी हुन्।’

यसकाे उदाहरणकाे रुपमा सन्त रविदासलाई लिन नसकिने उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे,’मानव आफ्नो कर्मले ठूलो या सानो हुने हो, जातीले होइन।’ कार्यक्रममा वड़ा सदस्य श्रीमती ललिता देवी एवम् जेष्ट नागरिक तुलसी रामले आफ्नो मनतव्य राख्नु भएको छ। इमेजखबर

Comments (0)
Add Comment