अरुण कुशवाहा। बारा
वीरगञ्ज – वीरगञ्जको एल.एस न्युरो अस्पतालले एक बिज्ञप्ती प्रकाशित गरी शनिवार अस्पतालमा भएको तोडफोडको घटनामा समलग्न रहेको उत्श्रुखल व्यक्ति एवं घुसपेठीयाहरुको पहिचान भइसकेको जनाएको छ । शनिवार अस्पताल प्रशासनले प्रकाशित गरेको बिज्ञप्तीमा घटनाको बिषयमा अस्पतालले काकानुनी उपचार खोज्ने स्पष्ट पारेको छ । अस्पताल दोषी नरहेको घटनामा केही घुसपैठीयाहरुले राजनितिक गरी अस्पताललाई बदनाम गर्न खजेको अस्पतालले प्रकाशित गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ ।घटनामा अस्पताल दोषी नरहेको एवं संचारकर्मीहरुकै रोहवरोहमा भइरहेको छलफलमा मृतक परिवारसँग कुनै सम्बन्ध नै रहेको केही उत्श्रृखल व्यक्तिहरु अस्पातलमा प्रवेश गरी तोडफोड गरेको घटनाको बिषयमा अस्पतालको गम्भीर ध्यान आकर्षण भएको अस्पताल प्रशासनले बिज्ञप्ती मार्फत जनारकारी दिएको छ ।
गत भदौ ११ गते सोमबार साँझ वीरगञ्जदेखि कलैया जाने क्रममा मोतिसर चोक स्थित नारायणी प्लाष्टि उद्योग अगाडि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका गुप्ताको आफन्त नआएपछि बारा प्रहरीले एम्बुलेन्समा राखी उपचारको लागि एल।एस।न्यूरो हस्पिटलमा पठाएको थियो । दुर्घटना भएको बढि समय भइसकेको कारण अत्याधिक रक्तश्राव भइसकेका साहलाई गम्भिर अवस्थामा अस्पतालमा ल्याएपछि तत्काल उपचार गरिएको थियो । सोमबार राती ११ बजे एलएस न्यूरो अस्पतालमा उपचारको लागि ल्याइएका साहलाई करिब ३:१५ बजेको समयमा आफन्तनले थप उपचारका लागि नेशनल मेडिकल कलेज लगेका थिए । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ३ः५० बजेको समयमा मृत्यु भएपछि आफन्तले साहको शवलाई लगि मंगलबार दाह सँस्कार गरे ।त्यसपश्चात केही व्यक्तिरुले अस्पातललाई बदनाम गराउन चलखेल शुरु गरेको बिज्ञप्तमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा केहि व्यक्तिको उक्साहटमा मृतक साहका आफन्त मुकेश साह सहितको व्यक्तिहरु विहीबार साँझ अस्पतालको लापरवाहीको कारण गुप्ताको मृत्यु भएको भनेर गुनासो गर्न आएका थिए । त्यस पश्चात शनिबार विहान करिब १० बजेको समयमा मुकेश साहकै नेतृत्वमा ७०/८० जनाको समूह न्यूरो अस्पतालमा प्रवेश गरि विवाद गरेका थिए । मृतकका आफन्त, अस्पताल प्रशासन, बारा प्रहरी एवं सञ्चारकर्मीहरुको रोहबरमा छलफल भइरहेको अवस्थामा साहकै नेतृत्वमा आएका व्यक्ति सहित केही उत्श्रृङ्खल व्यक्तिहरुले अस्पतालमा तोडफोड गरेका थिए ।
आफन्त सहित भीडमा पसेका घुसपैठियाहरुले तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई अवस्थालाई साम्य पार्न खोज्दा प्रहरी र आफन्तबीच झडप समेत भएको थियो । अवस्थालाई साम्य पार्न बारा प्रहरीले मुकेश साह, रन्जन महतो, आसुतोष साह, मोहन साह लगायत ५ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरुमध्ये मुकेश साह मृतकका आफन्त थिए भने बाँकी घुसपैठिया रहेको मृतकका भिनाजु जितेन्द्र साहले स्वीकारेका छन् । अस्पतालमा तोडफोड गर्नेहरुमा धेरैजना घुसपैठिया रहेको उनको भनाई थियो । उनीहरु कहाँबाट आए ? किन आए र ? कसले पठायो ? केही जानकारी नरहेको उनको भनाई थियो ।
उत्श्रृङ्खल व्यक्तिहरुको समूहले गरेको तोडफोडबाट अस्पतालको सिसा भुटाउनुका साथै सिसिटिभी क्यामरा समेत फुटाएका छन् । पक्राउ पक्राउ परेका ५ जनैलाई बारा प्रहरीले ३ घण्टा हिरासतमा राखेर छाडेको छ भने थप छलफलको लागि आइतबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय नौतनमा बोलाइएको छ । यता अस्पताल प्रशासनले गुप्ताको उपचारमा अस्पतालको कुनै कमजोरी नरहेको दाबी गरेको छ । अचेत अवस्थामा उपचारका लागि आएका गुप्ताको अवस्था गम्भिर रहेको र उपचारकै क्रममा आफन्तजनहरुकै भनाई अनुसार डिस्चार्ज गरिएको र अन्य अस्पतालमा गएर मृत्यु भएका व्यक्तिको विषयलाई लिएर यहाँ आएर विवाद गर्नुले अस्पताललाई बद्नाम गराउन बाह्य व्यक्तिहरुको राजनीतिकरण बाहेक अन्य केही नरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले तोडफोड गर्ने उत्श्रृङ्खल व्यक्तिहरुको पहिचान गरिसकेको र उनीहरुमाथि कारवाहीको लागि कानूनी उपचार खोज्ने अस्पताल प्रशासनले प्रकाशित गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा उल्लेख नगरिएको भएपनि श्रोतका अनुसार केहि व्यक्तिहरुले अस्पताल प्रशासनसँग घटनालाई सामसुम पार्न मोटो रकम माग समेत गरेका थिए । तर अस्पातल प्रशासनले घटनामा आफ्नो अस्पातलको कुनै दोष नरहेको भन्दै रकम दिन अस्वीकार गरेका थिए । । त्यस पश्चात ती व्यक्तिहरुकै उस्काहटमा मृतक परिवारका नक्कली आफ्न्तहरु झनै उत्श्रृखल भएका थिए । मृतकका आफ्न्तले बाहिरबाट आएका हुललाई आफुहरुले नबोलाएको बताउँदै उनीहरु किन र कहाँबाट आएका थिए समेत आफुहरुलाई जानकारी नभएको तोडफोड पछि भएको छलफलमा बताएका थिए ।