बारा प्रहरी को ठुलो सफल्ता,योजनाकार सहित ४ जना माथी कर्तव्य जान मुदामा अनुसंधान हुँदै।

  • बारा, १७ भदौ
    कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुर निवासी ३५ वर्षीय नाथु देवानले ३० वर्षीया पत्नी हाजरा खातुनलाई हत्या गरेको आरोपमा बारा प्रहरीले देवानसहित चारजनालाई पक्राउ गरी २६ दिनदेखि थुनामा राखी अनुसन्धान गरिरहेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
    देवानसँगै एशियन लाइफ इन्स्यारेन्स कम्पनी लि., कलैया शाखाका प्रमुख जीतपुरसिमरा उपमहानगरपालिका–१३ डुमरवाना निवासी सोनालाल सहनी, इन्स्योरेन्स एजेन्ट वीरगंज–६ हाल कलैया–८  निवासी नाजिर हुुसेन तथा हत्या गर्ने बिहार मोतिहारी आदापुर निवासी महमद इर्फानलाई बारा प्रहरीले हिरासतमा राखी अनुसन्धान  भैरहेको जनाएका छन।
    २०७९ भदौ १९ गते राति ८ बजे बारा, फेटा गापा–३ गण्डक नहरदेखि  दक्षिणतर्फ पत्नी हाजरा खातुनको कर्तव्य गरी ज्यान मारेको बारा प्रहरीले जनाएको छ ।तर घटना लाई कलैया -बिरगंज  सडक खण्डमा बढी दुर्घटना भैरहेको हुदा मोतिसर र कोइरियाटोला चौक को बिच मा घटना देखाएका छन।
    उनीहरूविरुद्ध अहिले सङ्गठित अपराध, ठगी तथा कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान भइरहेको प्रउ बोगटीले प्रतीकलाई जानकारी गराएका छन् ।
    घटना घटेको एक वर्ष भएपनि आपसी लेनदेन नमिल्दा घटना बाहिरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार बीमाको रकम पचाउनको लागि पति देवानले भारतीय हत्यारालाई बोलाइ पत्नी हाजराको योजनाबद्ध तरीकाले हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बारा प्रहरी तथा सिआइबीले यो घटनाबारे अहिले फरकफरक ढङ्गबाट अनुसन्धान अगाडि बढाएको जानकारी प्राप्त भएको छ ।
    बारा प्रहरी स्रोतका अनुसार अहिले तत्कालीन बारा प्रहरीका केही प्रहरी अधिकृत, एशियन लाइफ इन्स्योरेन्स, जिल्ला अस्पताल कलैयालाई मुख्य केन्द्र बनाइ अनुसन्धान प्रक्रिया अगाडि बढेको छ
    ऋणमा डुबेका कलैया–२६ सिसवा महेशपुर निवासी नाथु देवान ऋणमा डुबेपछि आफ्नो बीमा गराइ आफैं मर्ने योजना बनाइरहेका बेला उनका साथी एशियन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ता अहिले हिरासतमा रहेका नासिर हुसेनसँग भेट भएको र नासिरले ‘तिमी किन मर्छौ, बरु आफ्नी पत्नीलाई मार’ भनी सल्लाह दिई सोहीअनुरूप पत्नीको नाममा रु ५० लाखको बीमा गराएका थिए । नासिरले आफैंले बिमितको बीमाका दुई किस्ता करीब रु चार लाख तिरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
    घटनाका योजनाकार नाथुले पत्नीको हत्या गरेपछि घटना लुकाउन मोटरसाइकलको चक्कामा सल बेरिंदा घाँटी थिचिएर मृत्यु भएको हल्ला फैलाएका थिए । स्थानीय प्रहरी तथा मेडिकल अधिकृतलाई प्रभावमा पारी नाजिरले उक्त घटनालाई भवितव्य भएको भन्दै सोहि राति धार्मिक परम्परा अनुसार पत्नीको सद्गत गरेका थिए । कलैया अस्पतालका चिकित्सक शेख गुलहसनले मृत्युको कारण दुर्घटना भएको    शल्यपरीक्षण रिपोर्ट बनाएपछि प्रहरी अनुसन्धानविनै हाजराको दाहसंस्कार गरिएको थियो । प्रहरी तथा चिकित्सकको रिपोर्ट अनुसार नासिरले बीमित पत्नीको बीमा भुक्तानीको लागि दाबी गरेका थिए ।
    घटना घटेपछि प्रहरीले शल्यपरीक्षणको रिपोर्ट अनुसार दुर्घटनाबाट मृत्यु भएको भन्ने सिफारिश गरेपछि इन्स्योरेन्स कम्पनीले ११ महीनापछि बीमाबापत नाथु देवानलाई एक करोड दुई लाख भुक्तानी दिएको थियो । स्मरण रहोस्, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सिइओ दिनेशलाल श्रेष्ठ गुहेश्वरी फाइनान्सका सञ्चालक पनि हुन् । गुहेश्वरी फाइनान्सबाटै नाथु देवानले ऋण लिएका थिए । योजना अनुसार मृतकले पाउनुपर्ने रकम एक करोड ५२ लाखमध्ये सो कम्पनीले एक करोड दुई लाख मात्र भुक्तानी गरेको प्रहरीले जनाएको छ । बीमितको इच्छाएको व्यक्ति नाथुले पाउनुपर्ने कुल रकम एकमुस्ट हुनुपर्नेमा योजनाबद्ध तरीकाले नाथुले ऋण लिएको गुहेश्वरी फाइनान्समा रु ५० लाख जम्मा भएको, दुईजना छोराको नाममा  १५/१५ लाख गरी रु ३० लाख सिद्धार्थ बैंकमा फिक्स्ड डिपोजिट भएको तथा पति नासिरको सिद्धार्थ बैंकको खाता रु  २२ लाख जम्मा भएको प्रहरी अनुसन्धानल देखाएको छ । बीमा रकम एकमुस्ट भुक्तानी हुनुपर्नेमा नियमविपरीत भएको प्रहरीले बताएको छ ।
    भारतीय हत्याराहरूले पाउनुपर्ने रकम ३२ लाखमध्ये छ लाख पहिले नै पाइसकेका थिए । उनीहरूले बाँकी रकम दिन धेरै कर गरेपछि नाथुले पैसाको लोभमा पत्नीको हत्या गरे पनि आफूसँग न पैसा छ, न पत्नी सो सहन गर्न नसकी  उनी आफैं प्रहरीसमक्ष गई आफैंले पत्नीको हत्या गरेको र सोही कारणले आफ्नो मानसिक अवस्था ठीक नरहेको बयान दिएका थिए ।  नाथुको बयानको भिडियो बारा प्रहरीकहाँ रहेको प्रउ बोगटीले सन्चार कर्मीलाई जानकारी गराएका थिए। उनले सो घटनामा धेरै व्यक्ति संलग्न रहेका र उनीहरूलाई बारा प्रहरीले अनुसन्धान दायरामा ल्याउने बताएका छन् ।
Comments (0)
Add Comment