असोज २ बारा
नेपालमा दिन प्रती दिन सुन तथा चान्दी को तसकरी मा व्यापक तेजिले कारोबार हुँदै आएको छ। आज मिति २०८०/०६/०२ गतेको समयमा बेलुका अ.१७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरी टोलीले Human Intelligence को आधारमा जिल्ला बारा परवानीपुर गा.पा.वडा न. ५ गण्डक नहर स्थित सडक खण्डमा चेकिङ गर्दै को अवस्थामा एक जना मानिस चान्दी को गहना सहित पक्राउ परेको छ।
त्यस्तै विरगंजबाट कलैया तर्फ आउदै गरेको ना.१६ प ४०१६ नं.को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा विरगंज म.न.पा.वडा न.३ मा बस्ने वर्ष ४० को राजेश साह सोनारले मोटरसाइकलमा लुकाई छिपाई राखेको अं ४ किलो चाँदीको गर-गहनाहरु सहित पकाउ परेका छन। पकाउ परेका चाँदीको गर-गहनाहरु बजार मुल्य रु.५ लाख बराबर रहेको जिल्ला प्रहरी ले जान्कारी गराएको छ। पक्राउ परेका राजेश साह सोनारलाई तत्काल उक्त चाँदीको गर-गहनाहरु सहित पक्राउ गरी थप अनुसन्धनको कार्य भईरहेको जिल्ला प्रहरी ले जानकारी गराएका छ्न।