पकाहामैनपुरमा ४ कराेडकाे विद्यालय भवन निर्माण हुने

वीरगंज (पर्सा), ५ असोज ।

पर्साको पकाहामैनपुर गाउँपालिकामा रहेकाे श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकाहामैनपुरमा रु ४ करोडको लागतमा भवन निर्माण हुने भएको छ । पकाहामैनपुर गाउँपालिकाको शिक्षा समितीको शुक्रबार बसेकाे बैठकले ४ करोडको लागतमा विद्यालय भवन निमार्ण गर्ने निर्णय गरेको हो । आर्थिक बर्ष २०८०।०८१ को गाउँपालिकाकाे बिनियोजित बजेटबाट सो भवन निमार्ण हुने प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहाले जानकारी दिए ।

शिक्षा समितीका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा बसेको बैठकले भवन निमार्णका लागी रेखदेख तथा ब्यवस्थापन समिती पनि चयन गरेको छ ।  लक्ष्मण प्रसाद कुर्मीकाे संयाेजकत्वमा गठित समितिकाे सदस्यहरुमा वडाध्यक्ष संजय चौहान, श्रीरामचरित्र भगत माद्यमिक विद्यालयका प्रध्यानाध्यापक छोटेलाल साह, ईन्जिनियर भोला साह र शिक्षा समितीका सदस्य राकेश कुश्वाहा लगायत रहेका छन । साे विद्यालय कक्षा काेठाकाे अभाव थियाे । कक्षा काेठाकाे अभावलाई मध्यनजर गर्दै गाउँ सभाले विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राखे विनियाेजन विद्यालय भवन निर्माण हुने भएकाे हाे । भवन निर्माण पछि कक्षा काठा अभावकाे समस्या समाधान हुने छ ।

यसैगरी बैठकले सोही विद्यालयमा यहि आर्थिक बर्ष २०८०।०८१ देखी नै डिप्लोमा ईन सिभिल ईन्जिनियर कक्षा संचालन भईरहेकोले सोका लागी शिक्षक भर्ना गर्ने, श्री नेपाल राष्ट्रिय आधारभुत निम्न माध्यमिक बिधालय सुर्जाहा, श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालय धोरेमा रिक्त रहेका शिक्षकका लागी पदपुर्ती गर्ने समेत निर्णय गरेको छ । बैठकमा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मधुबनीमा परेका उजुरीका बारेमा पनि छलफल भएको शिक्षा समितीका सदस्य राकेश कुश्वाहाले बताए ।

गाउँ कार्यपालिकाकाे कार्यालय पकाहामैनपुरमा बसेकाे बैठकमा उपाध्यक्षका प्रतिनिधी नसुरुल्लाह मियाँ, वडा नम्बर ३ का वडाध्यक्ष संजय चौहान, वडा नम्बर ५ का वडाध्यक्ष बलिराम चौरसिया, शिक्षा समितीका सदस्य लक्ष्मण प्रसाद कुर्मी, राकेश कुश्वाहा, शिक्षा शाखा प्रमुख दामोदर दुबे दगायतको उपस्थिीती रहेको थियो । पकहा मैनपुर गाउँपालिकामा आर्थिक बर्ष २०८०।०८१ को बिनियोजित बजेटमा शिक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष मेहताले बताए ।

Comments (0)
Add Comment