उत्पादन साझेदारीहरुको लागि ब्यवासायिक योजना तयारी खरिद ब्यवस्थापन र लेखा ब्यवस्थापन सम्बन्धि एक दिने तालीम आर्थिक करिडोर कर्यालय बर्दिबास द्वारा सम्पन्न

बर्दिबास महोत्तरी । बैशाख  १९ ।
नेपाल सरकार कृषी तथा पशु पन्छी बिकाश मन्त्रालय ,ग्रामिण उधम तथा आर्थिक बिकाश आयोजना आर्थिक  करिडोर कर्यालय बर्दिबास विश्व बैंक को लगानीमा  उत्पादन साझेदारीहरुको लागि ब्यवासायिक योजना तयारी खरिद ब्यवस्थापन र लेखा ब्यवस्थापन सम्बन्धि एक दिने तालीम बर्दिबास को बिनायक ब्याङकेट मा सम्पन्न  भएको छ।

कार्यक्रममा उपआयोजना कार्यान्वयन ब्यावस्था सम्बन्धि  तालीम मा डा.नन्द किशोर यादव वरिष्ठ कृषी  अधिकृत, राजेश साह कृषी  अधिकृत,ई.प्रभात दत कृषि  इन्जिनियर ले प्रकाश परेका थिए भने कृषि अधिकृत बिनोद यादवले स्वागत गरेका थिए । मधेश प्रदेश को ८ वटै जिल्लाभर बाट  माग गरिएको योजना बाट छ्नौट भएका सहकारी  सस्था, कृषक समूह  का कृषकहरु लाई खरिद तथा लेखा सम्भन्धि तालिम दिएका थिए।

 कृषी  उत्पादनमा ब्यवासायिक वृद्धि को लागि बाख्रा पालन ,बीउ बिजन उत्पादन , सुनगुर पालन, माछा पालन, भैंसी पालन,तथा तरकारी खेती ,बाट उत्पातित बस्तुलाई  ब्यवासायिक योजना बारे तालिम    सम्पन भएको छ।

 कार्यक्रम को अध्यक्षतामा नेपाल सरकार कृषी तथा पशु पन्छी बिकाश मन्त्रालय ,ग्रामिण उधम तथा आर्थिक बिकाश आयोजना आर्थिक करिडोर कर्यालय बर्दिबास का कर्यालय प्रमुख  रबिन्द्र महथा ज्यु को अध्यक्षतामा सम्पन्न  भएको थियो । कार्यक्रममा ८ वटै जिल्लाभरि बाट  १२५ जना पुरुष  तथा महिला कृशकहरु को सहभागिता रहेको थियोे ।

Comments (0)
Add Comment